• ६ जेठ २०८१, आइतबार

पेट्रोलियम पाइपलाइन

दुई अर्ब छैसट्ठी करोड बचत

blog

काठमाडौँ, असार १ गते । रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट दुई अर्ब ६६ करोड ५१ लाख ९३ हजार लिटर डिजेल आयात भएको  छ । भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्दा तीन वर्षको अवधिमा सो परिणाममा डिजेल आयात भएको हो । 

नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आईओसी)को संयुुक्त लगानीमा निर्माण भएको पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको थियो । पाइपलाइन सुरु भएदेखि हालसम्म दुई अर्ब ६६ करोड ५१ लाख ५३ हजार लिटर अर्थात् २६ लाख ६५ हजार १९३ किलोलिटर डिजेल आयात भएको निगमको अमलेखगञ्ज कार्यालयले जनाएको छ । 

यस अवधिमा पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी तथा प्राविधिक नोक्सानबापतको तीन अर्ब रुपियाँ बचत भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ ३० गतेसम्म एक अर्ब १३ करोड ३१ लाख ६७ हजार लिटर डिजेल आयात भएको छ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ३१ लाख ४८ हजार लिटर डिजेल आयात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ८५ लाख ४८ हजार लिटर डिजेल आयात भएको छ । अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले पाइपलाइनबाट नियमित रूपमा डिजेल आयात भइरहेको जानकारी दिनुभयो । 

पाइपलाइनबाट डिजेल आयात गर्दा ढुवानीबापतको एक रुपियाँ बचत हुने उहाँले जानकारी दिएको । झन्डै तीन वर्षमा पाइपलाइनबाट तेल आयात गर्दा ढुवानीबापतको दुई अर्ब ६६ करोड र प्राविधि नोक्सानबापतको ३४ करोड रुपियाँ बचत भएको यादवले जानकारी दिनुभयो । पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको र भर्टिकल ट्याङ्की बनेपछि पेट्रोल पनि आयात गरिने निगमले जानकारी दिएको छ । 

रक्सौलदेखि अमलेखगञ्जसम्म ३५ किलोलिटर दूरीमा पाइपलाइनमार्फत तेल आउने गर्छ । पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आउने गरेको कार्यालयले जानकारी दिएको छ । अमलेखगञ्जमा १६ हजार ४०० किलोलिटर क्षमताको डिजेल र सात हजार किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । निगम र आईओसीको संयुक्त लगानीमा निर्माण भएको पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको थियो । 

आपूर्ति व्यवस्था नियमित

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको दूरी ६९.२ किलोमिटर छ । भारततर्फ ३६ किलोमिटर र बाँकी नेपालतर्फको दूरी रहेको छ । आयोजनाका लागि दुई अर्ब ७५ करोड भारतीय रुपियाँमा आयोजना तयार भएको थियो । 

्यसअघि रक्सौलदेखि अमलेखगञ्जसम्म ट्याक्टरबाट डिजेल आयात हुने गरेको थियो । पाइपलाइनबाट डिजेल आयात गर्दा प्राविधि नोक्सानका साथै ढुवानी रकम बचत हुने गरेको निगमले जनाएको छ । पाइपलाइनबाट आयात गरिएको डिजेल अमलेखगञ्ज कार्यालयबाट काठमाडौँ, विराटनगर, जनकपुर, वीरगञ्ज पोखरालगायतका अन्य जिल्लामा तेल आपूर्ति हुने गर्छ । 

Author

लक्ष्मी सापकोटा