विद्युत् महसुल भुक्तानीमा समस्या
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–५ का बासिन्दाले एक वर्षभन्दा बढी समयदेखि बिजुली बत्तीको महसुल नियमित तिर्न पाएका छैनन् । विद्युत् उपभोेग गरेको लामो समय बित्दा पनि नेपाल विद्युत् प्राधिकरणले मिटर रिडिङ गर्न कर्मचारी नपठाउँदा नियमित महसुल तिर्नबाट उपभोक्ता वञ्चित हुनुपरेको हो ।
रोपाइँसम्ममा मल आउँछ
देशभरि रासायनिक मलको हाहाकार छ । किसानले चैते धान र मकैका लागि मल पाएका छैनन् । मलका लागि दिनहुँजसो बिक्री केन्द्रमा धाउँछन् तर किसानले खाली हात फर्किनुपरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि अहिले मलको हाहाकार रहेको स्वीकार गर्नुभयो तर यो समस्या चाँडै समाधान हुने दाबी पनि गर्नुभयो । वर्षे धानका लागि मलको अभाव नहुने उहाँले बताउनुभयो । वर्षे धान रोपाइँका बेला अभाव नहोस् भनेर कृषि मन्त्रालय मलको जोहोमा लागिसकेको र यही महिनाभित्र व्यवस्था हुने उहाँले बताउनुभयो ।
पेट्रोलियम पदार्थको कर घटाउन सहमति
सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताउनु भएको हो ।
पेट्रोलियम हुनसक्ने प्रमाण, अन्वेषणको लागि थप दुई वर्ष समयावधि
भूर्गभविद डा.त्रिपाठीले भन्नुभयो, ‘सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिनुभयो ।
कपासको मूल्य वृद्धि
कपास विकास समिति खजुराले कपासको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले समितिले खरिद गर्ने कपासको मूल्य प्रतिक्विन्टल एक हजार रुपियाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
असार १ देखि भैरहवाबाटै श्रम स्वीकृति
असार १ गतेदेखि भैरहवाबाट पनि श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा सुरु हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृतिका सम्पूर्ण काम भैरहवाबाट सुरु गर्न लागिएको हो । उक्त सेवा सञ्चालनका लागि वैदेशिक रोजगार विभागले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय काठमाडौँले दिँदै आएको सेवालाई आफ्नो शाखा स्थापना गरेर त्यहीबाट वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने गरी तयारी गरेको जनाइएको छ ।
चीनतर्फको उडान खुल्ने
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको चीनसँगको सिधा उडान मङ्गलबार (जेठ १७)देखि सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ लगानीकर्ताको लगानी रहेको हिमालय एयरलाइन्सले मङ्गलबारदेखि चीनको कुनमिङ उडान सुरु गर्न लागेको हो । जेठ १७ गते (मे ३१)देखि साताको एक उडान गर्ने सो एयरलाइन्सले जनाएको छ । महामारीको कारण देखाउँदै दुई वर्षअघि चीन सरकारले नेपालबाट हुने सिधा उडान रोकेपछि कार्गो उडान मात्रै हुँदै आएको थियो ।
अट्ठाइस फर्मलाई जरिवाना
मोरङ उर्लाबारीकी ताराकुमारी बस्नेतले विराटनगर–२ मा रहेको सिटी मार्बल्स फर्मबाट कमोड (शौचासन) खरिद गर्नुभयो । विराटनगरमा केही सुलभ मूल्य पर्ला भनेर आउनुभएकी बस्नेतले एउटा कमोडलाई २६ हजार पाँच सय रुपियाँ भुक्तानी गर्नुभयो ।
ब्रोडब्यान्ड इन्टरनेटमा पाँच अर्ब खर्च
देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने कार्यमा अहिलेसम्म पाँच अर्ब रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ । स्थानीय तहका सबै कार्यालयमा पु-याउने गरी सुरु गरिएको ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेट) परियोजनामा हालसम्म पाँच अर्ब चार करोड ३७ लाख रुपियाँ खर्च भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । उक्त परियोजनाको वैशाखसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले हालसम्म ८८.८९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको हो ।
नेप्से परिसूचकको उकालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ ।
नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।
गौतम बुद्ध विमानस्थलमा छुट सुविधा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि ती सुविधा दिने निर्णय गरेको हो । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार एक वर्षसम्मका लागि अवतरण, सुरक्षा, सञ्चार र उड्डयन सेवा
पेट्रोलियमबाट एक खर्ब राजस्व
पेट्रोलियम पदार्थ आयात गरेर १० महिनामा एक खर्ब राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुई खर्ब २३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेर एक खर्ब छ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको हो ।
भारतद्वारा चिनी निर्यातमा रोक
छिमेकी मुलुक भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ (जेठ १८)देखि अक्टोबर ३१ (कात्तिक १४)सम्मका लागि चिनी निर्यातमा रोक लगाएको हो । उखुको ‘अफसिजन’ सुुरु भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि उक्त निर्णय भएको भारतीय सरकारले जनाएको छ । नेपालले गएको असोजदेखि नै चिनी आयातमा रोक लगाएको छ । यसले गर्दा भारतले गरेको चिनी निर्यात प्रतिबन्धले नेपालमा असर नगर्ने बताइएको छ ।
भेडेटारमा विद्युत महसुल काउन्टर सुरु
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा विद्युत महशुल संकलन काउन्टर सुचारु गरेको छ ।
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।
जहाज नहुँदा यात्रु मर्कामा
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई यात्रुले टिकट नपाएर सास्ती खेप्नुपरेको छ । तारा एयरले दिनमा एक उडान मात्र भर्ने र अन्य एयरलाइन्सले उडान नै गर्न छोडेपछि यात्रु मर्कामा परेका हुन् । चुनावका बेला दुई हजारभन्दा बढी मतदाता आएका थिए । मत हालिसकेपछि उनीहरू आआफ्नो गन्तव्यमा फर्कने तयारी गरेका बेला टिकट नपाएर बिचल्ली भएका हुन् । जेठ ३ गतेदेखि टिकट नपाएर रोकिएका यात्रु कालीबहादुर रोकायाले लोकसेवाको परीक्षासमेत छुट्न लागेको गुनासो सुनाउनुभयो ।
अधिकांशमा पुग्यो मोबाइल इन्टरनेट
देशको अधिकांश जनसङ्ख्यामा मोबाइल इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९८.४१ प्रतिशत अर्थात् दुई करोड ८५ लाख ९१ हजारमा मोबाइल इन्टरनेट पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घद्वारा नेपाल सरकारको प्रतिबद्धताको स्वागत
गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ ।
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम अर्ब हाराहारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ।
नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साही
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको धारणा :
प्राथमिकतामा उत्थानशील अर्थतन्त्र
उत्थानशील अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले उद्योगले नेतृत्व गरेको उत्थानशील अर्थतन्त्र निर्माण गर्ने नीति अख्तियार गरेको उल्लेख छ । त्यसका लागि ‘नेपाली उद्योग, नेपालमै रोजगारः आफ्नो उत्पादन, आफ्नै व्यापार’ अभियान सञ्चालन गरी नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने भएको छ ।
एक महिनामै घट्यो २० अर्ब आयात
उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको आयात वृद्धिदरमा ‘बे्रक’ लागेको छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ ।
सबल अर्थतन्त्र निर्माणमा जोड
सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समुन्नत नेपालको आकाङ्क्षालाई पूर्ण रूपमा आत्मसात् गरेको जनाएको छ । नीति तथा कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण गर्न योगदान पुग्ने अपेक्षा लिइएको छ ।