पच्चीस प्रतिशत आयात निर्यात प्रभावित
गत पुस २२ गते भारतको मिरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएर सवारीसाधन आवतजावत रोकियो । त्यसपछि विराटनगरको भन्सार नाकाबाट आवातजावत गर्ने मालवाहक सवारीसाधन लामो दूरी पार गरेर नेपाल भित्रिनुपर्ने बाध्यता सिर्जना भयो । १० महिना बितिसक्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।
नेपाल एयरलाइन्सले उडान सुरु गर्दै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।
हुम्लामा खाद्यान्न मौज्दात न्यून
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून रहेको छ । ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात निकै कम रहेको जानकारी दिनुभयो । मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढेको हो ।
पर्यटन पूर्वाधारमा लगानी बढाउन माग
मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटक आगमन बढेको छ। आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै यहाँका होटल र पर्यटन व्यवसायमा चहलपहल बढेको छ।
कार्यस्थलमा हिंसा र दुर्व्यवहार रोक्ने प्रतिबद्धता
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका प्रतिष्ठानले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग प्रतिष्ठानभित्र हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीले कार्यस्थलको हिंसा र दुव्र्यवहार रोक्ने प्रतिबद्धता जनाएका हुन्।
औद्योगिक ग्राम सञ्चालनमा चुनौती
कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन।
लक्ष्यभन्दा बढी खाद्यवस्तु बिक्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार गत वर्षको तुलनामा बढेको छ। असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कम्पनीले दुई हजार ९९२ मेट्रिक टन खाद्यवस्तु बिक्री गरेर दुई करोड २४ लाख ३१ हजार २५२ रुपियाँ बराबरको कारोबार गरेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको रिपोर्ट आउन बाँकी रहेकाले यो वर्ष तीन हजार मेट्रिक टन बिक्री भएको अनुमान कम्पनीले गरेको छ।
तयारी वस्तु निकासीमा जोड
उपराष्ट्रपति नन्दबहादुर पुनले तयारी वस्तु निकासी गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल–चीन उद्योग वाणिज्य सङ्घको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाका अवसरमा उहाँले तयारी वस्तुको निकासीबाट मात्रै देशभित्र रोजगारीका धेरै अवसर सिर्जना हुन सक्ने बताउनुभयो। “कच्चा पदार्थभन्दा तयारी वस्तुको निकासीबाट रोजगारीसहित बढी परिमाणमा विदेशी मुद्रा भिœयाउन सकिन्छ,” राष्ट्रपतिको कार्यभारसमेत सम्हालिरहनुभएका उपराष्ट्रपति पुनले भन्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी हाल आइसल्यान्डको भ्रमणमा हुनुहुन्छ।
धानको समर्थन मूल्य तोकियो
सरकारले चालू आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
समस्याग्रस्त सहकारी संस्था : ऋण, दायित्व बुझाउन निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नुपर्ने ऋण र दायित्वको साँवा, ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।
समृद्धि हासिल गर्न सहकारी महत्त्वपूर्ण
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष्य हासिल गर्न सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । उहाँले ग्रामीण क्षेत्रको विकासमा सहकारीको भूमिका अतुलनीय हुने भन्दै यसतर्फ ध्यान केन्द्रित गर्न सहकारीकर्मीलाई आग्रह पनि गर्नुभएको छ ।
वैदेशिक रोजगारीका उजुरी दोब्बर
वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ । आव २०७८/७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो । कोभिड–१९ सङ्क्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएसँगै ठगी पनि बढेको हो ।
अकबरेको अचार बनाउने तालिम सम्पन्न
महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ ।
विरोध कार्यक्रम स्थगन गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले ब्याज वृद्धि र चालू पुँजीसम्बन्धी मार्गदर्शनविरुद्ध भइरहेको विरोध र आन्दोलन स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासङ्घले भनेको छ, ‘यही मङ्सिर ४ गते प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासङ्घ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ ।’
आधाले घट्यो खाद्यान्न आयात
प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।
भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’
काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’ हुने भएको छ ।
धान काट्न मजदुर अभाव
सप्तरीमा धान काट्ने मजदुरको अभाव भएको छ । धानबाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भित्र्याउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् ।
पुनर्बीमा कम्पनी नवौँ वर्षमा : बढ्दै छ जोखिम वहन क्षमता
सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमाका माध्यमबाट स्वदेशी मुद्रा बाहिरिने अवस्थालाई कम गर्नसमेत भूमिका बढाउन आग्रह गर्नुभयो ।
आठ अर्ब लगानी प्रतिबद्धता
हाइड्रो भिलेज प्रालिले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण सुरु गरेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँचवटा बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैङ्कबीच २०७९ कात्तिक २१ गते सोमबार लगानीसम्बन्धी सम्झौता भएको छ ।
बीमा समिति अब बीमा प्राधिकरण
बीमा क्षेत्रको नियामक निकाय बीमा समिति मङ्गलबारदेखि नेपाल बीमा प्राधिकरणका रूपमा रूपान्तरण भएको छ । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा समिति खारेज भएर नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।
ब्याजदरविरुद्ध व्यवसायी
प्रदेश १ का उद्योगी–व्यवसायीले चालू पुँजी कर्जा मार्ग निर्देशन परिस्थिति सुहाउँदो नभएकाले यसलाई स्थगन गर्नुपर्ने माग गर्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । प्रदेशको राजधानी विराटनगरमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ ले जिल्ला प्रशासन कार्यालय मोरङ र वाणिज्य बैङ्कका शाखाहरूमा ज्ञापनपत्र बुझाउँदै केन्द्रीय सदस्य बोहराले तत्काल नेपाल राष्ट्र बैङ्कले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको हो ।
हस्तकला ग्राम स्थापना गरिने
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११९ वटा पालिकामा हस्तकला ग्राम स्थापना गर्ने भएको छ । हस्तकला व्यवसाय प्रवद्र्धन गर्न बागमती प्रदेशका ११९ वटा पालिकामा ग्राम स्थापना गर्न लागिएको हो । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला ग्राम गराउने गरी नीति पास गरिसकेकाले चालू आबदेखि नै काम सुरु गरिने जानकारी दिनुभयो । हस्तकला व्यवसाय प्रवद्र्धन गरी आन्तरिक र बाह्य बजार विस्तार गर्न बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।
पहिलो पटक प्लाइउड निर्यात
बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।
बैङ्कले फिर्ता गर्न थाले ब्याज
नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।