सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ ।
सहुलियतपूर्ण कर्जामा थप अनुदान
सरकारले सहुलियतपूर्ण कर्जामा निरन्तरता दिँदै थप एक प्रतिशत ब्याज अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका पाँच योजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
निर्यात दोब्बर बनाइने
उच्च आयातका कारण व्यापार घाटा बढेपछि सरकारले बजेटमा निर्यातलाई प्राथमिकतामा राखेको छ । आइतबार सार्वजनिक गरिएको बजेटमार्फत सरकारले आगामी वर्ष निर्यात दोब्बरले बढाउने लक्ष्य राखेको हो । त्यसका लागि निर्यात सहजीकरण तथा नगद अनुदान बढाउने व्यवस्था बजेटमा गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना हुने
आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को संयुुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १२ अर्ब छुट्याएको थियो ।
उच्च प्राथमिकतामा उत्पादन वृद्धि
सरकारले आन्तरिक उत्पादन र उपभोग वृद्धिलाई उच्च प्राथमिकता दिएको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा ‘स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि दशक’ घोषणा गरिएको छ । यो दशकलाई आन्तरिक उत्पादन वृद्धिमा लक्षित गर्नेगरी कार्यक्रम ल्याइएको छ ।
खानेपानीका लागि ३७ अर्ब ३५ करोड
सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
चितवन जोड्न तीन द्रुतमार्ग
सरकारले चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्न तीनवटा द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत बजेटमा उक्त घोषणा गर्नुभएको हो । अर्थमन्त्री शर्माले चितवनसम्मको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रर्तमार्ग निर्माण गर्ने, त्यसैगरी, चितवन–रामपुर चितवन, चितवन–रामपुर–पोखरा दु्रतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अगाडि बढाइने बताउनुभयो । त्यसैगरी, सिरहाको मिर्चैया–लुक्ला–सगरमाथा दु्रतमार्ग समेत निजी क्षेत्रको लगानीमा निर्माण गर्ने प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ ।
बजेट सकारात्मक
बजेटको उद्देश्य, लक्ष्य र प्राथमिकता हेर्दा ठीक छ तर आकारको दृष्टिकोणबाट धेरै ठूलो छ । अहिलेको परिस्थितिमा स्रोतसाधन जुुटाउन कठिन छ । पुँजीगत बजेट त्यति खर्च हुनसकेको छैन । वितरणभन्दा पनि बजेटमा अहिले तीन-चारवटा कुरालाई प्राथमिकता दिनुपर्ने थियो ।
किसान आशावादी
सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै झापाका किसान उत्साहित भएका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई केही राहत मिल्नसक्ने उहाँहरुको विश्वास छ । बजेट राम्रो र लोकप्रिय आउने तर कार्यान्वयन फितलो हुने आशङ्का भने किसानले व्यक्त गरेका छन् ।
कृषि क्षेत्रमा बजेट वृद्धि
आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट २४.२४ प्रतिशतले वृद्धि गरेको छ । आव २०७९/८० का लागि कृषिमा १० अर्ब ९२ करोड १६ लाख रुपियाँ वृद्धि भएको हो । यो कुल राष्ट्रिय बजेटको तुलनामा ३.१२ प्रतिशतले कृषि बजेट कायम गरिएको छ । यसअघि राष्ट्रिय बजेटको तुलनामा कृषि बजेट २.७६ प्रतिशत मात्र थियो ।
काठमाडौं उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग
सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ।
राष्ट्रियसभामा बजेट टेबुल
काठमाडौं, जेठ १४ गते।राष्ट्रियसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटलाई टेबुल गर्नुभएको हो। बैठकको सुरुमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर जहाजको खोज तथा उद्धारको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको थियो।बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १७ र १८ गतेका लागि दिन तोकिएको छ ।राष्ट्रियसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ।
६८ वर्षमाथिको ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता
यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समयमा ६८ वर्ष पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले वृद्धभत्ता प्राप्त गर्ने छन् ।
बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
बाइस सार्वजनिक संस्थान नाफामा
सरकारी स्वामित्वमा सञ्चालन भएका २२ सार्वजनिक संस्थान नाफामा र १९ वटा घाटामा छन् । आव २०७७/७८ मा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा नाफामा र १९ वटा घाटामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । कोभिड महामारीका कारण संस्थानको नाफा घट्दै गएको हो ।
विद्युत् उत्पादन बढ्यो, आयात घट्यो,दुई सातापछि आयात रोकिने
नदीमा जलप्रवाह विस्तार भएसँगै विद्य्त् उत्पादन बढेको छ । हाल दैनिक साढे २८ हजार मेगावाट÷प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दैनिक ३४ हजार मेगावाट-प्रतिघन्टा रहेको छ । विद्युत् उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् पनि घटाउँदै लगेको छ । सुक्खायाममा दैनिक १२ हजार मेगावाट-घण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय पाँच हजार मेगावाट-घण्टामा सीमित भएको छ ।
दस महिनामा आधा खर्च
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको प्रदेश १ सरकारले चालू आर्थिक वर्षको दस महिनामा ५० दशमलव १५ प्रतिशत खर्च गरेको छ । आव २०७८/७९ का लागि ३२ अर्ब ९८ करोड ७० लाख रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले वैशाख मसान्तसम्ममा १७ अर्ब ३२ करोड १५ लाख रुपियाँ खर्च गरेको हो । कुल बजेटमा सङ्घको ससर्त अनुदान दुई अर्ब सात करोड २१ लाख रुपियाँसमेत समावेश छ ।
हरित हाइड्रोजनमा सहकार्य
नेपालमा हरित हाइड्रोजन उत्पादन प्रवद्र्धनमा नेपाल विद्युत्् प्राधिकरणले औपचारिक प्रयास आरम्भ गरेको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय (केयू)ले हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने समझदारी गरेका छन् ।
एमडीएमएस लागू गर्न आग्रह
मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गर्नुभयो
आन्तरिक क्षेत्रमा सुधार
आर्थिक गतिविधि विस्तार भएसँगै आन्तरिक रूपमा बढेको मागले आयात बढ्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै आयात बढ्दा मुलुकको शोधनान्तर र चालू खाता उच्च रूपले घाटामा रहेको छ ।
६३५ घरेलु उद्योग दर्ता
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।
वास्तविक योजना र यथार्थ बजेटबाट विकास सम्भव
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराएर उनीहरूको सुझावमा आधारमा बजेट निर्माण गर्दा मात्रै वास्तविक योजना समेट्न सकिने बताउनुभएको छ । विराटनगरमा शुक्रबार भएको आव २०७९/८० को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री राईले वास्तविक योजना र यथार्थ बजेट निर्माणले मात्रै विकासको निर्धारित लक्ष्य पूरा गर्ने बताउनुभएको हो । प्रदेश १ का १४ जिल्लामा शुक्रबार एकै पटक बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया आयोजना गरिएको हो । विराटनगरमा आयोजित कार्यक्रममा मोरङका १७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्लास्थित सरकारी कार्यालयका उच्च पदस्थ अधिकारी, प्रदेश सरकार र मातहत कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
रोप, रोप रोप्नेरी औ ...
रोप, रोप रोप्नेरी औ असारमा गोडौली, आरु फुल्यो ड्यौटी दिम्ला, माइत गई ओडौली.... यतिखेर डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका
कोरियन भाषा परीक्षा जेठ १९ देखि
कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो ।