स्रोत सुनिश्चित नगर्दा थपियो दायित्व
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोत सुनिश्चिताबिनाको बजेट कार्यान्वयनमा समस्या हुने बताउनुभएको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको बजेट तर्जुमा छलफल कार्यक्रममा उहाँले विगतका सरकारले स्रोतको व्यावहारिक अनुमान नगरेका कारण वर्तमान सरकार दायित्वले थिचिएको बताउनुभयो ।
घरबास सञ्चालन गर्न उत्साहित कठरिया
कैलालीका कठरिया समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । घोडाघोडी नगरपालिका–११, तप्पा गाउँका कठरिया समुदायका युवा होमस्टे सञ्चालनका लागि उत्साहित भएका हुन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनीहरू सहभागी भएका हुन् । उनीहरूले होमस्टेको महŒव बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदाय
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत
बागती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बागमती प्रदेशको प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रदेश सभाको बिहीबारको बैठकमा निर्णयार्थ पेस भएकोमा बहुमतले स्वीकृत गरेको हो ।
मौसमको जानकारी नहुँदा उडान प्रभावित
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । भनेकै समयमा मौसमसम्बन्धी जानका
ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन
ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला चार सयले बढेको हो ।
एक सातासम्म खाद्य स्वच्छता दिवस मनाइँदै
‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बुधबारदेखि सुरु भएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ ।
मौद्रिक नीतिको तयारी
सरकारले आइतबार आव २०७९/८० को बजेट प्रस्तुत गरेपछि नेपाल राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा जुटेको छ ।राष्ट्र बैङ्कले मङ्गलबार सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो । प्राप्त सुझावलाई समेत समावेश गरेर मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
आन्तरिक उडान अनुमतिमा कडाइ
मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।
बजेटमा जनताको स्वामित्व छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सबैको स्वामित्व रहेको बताउनुभएको छ।
नौबस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका कारण निर्माण अलपत्र
नेपालगञ्ज, जेठ १८ गते । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा सो जग्गा संरक्षणमा चुनौती बढ्दै गएको छ । औद्योगिक क्षेत्रको निर्माण कार्य अलपत्र परेको छ । प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार पटक पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन । स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् । सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि दुई करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको थियो । तर, काम शुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने नहुने केही पनि निश्चित नरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक पटकको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । छ् वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र इआइएबाहेक अरू कुनै काम गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो ।उहाँकाअनुसार नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुनेछन् । ३५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्रसमेत दर्ता गरिसकेका छन् । उता, नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सो औद्योगिक क्षेत्रको काम द्रुतरूपमा अघि बढाउनका लागि पटक पटक दबाव दिँदै आएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हटाएर काम शुरु गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको गुनासो छ । उहाँले नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भैसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाव बढ्दै गएको बताउनुभयो । २०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो ।
किवि र ड्रागन फलको नयाँ बीमालेख जारी
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ १८ गते । कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने बीमा समिति अन्तर्गत रहेकाे नेपालको बीमा नियमनकारी निकायले बताएकाे छ । समितिका अनुसार साेकाे लागि ८० प्रतिशत अनुदान सरकारले दिनेछ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरूको दुई लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था गरिएको छ ।कृषि तथा पशुपन्छी बीमाले रक्षावरण गर्ने जोखिमहरूमा आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु (जंगली जनावरले हुने नोक्सानी), कीरा तथा रोगबाट हुने हानि–नोक्सानी, बिषादीबाट हुने नोक्सानी (माछा), अन्य बाली बिशेष अनुसारको जोखिमहरु रहेकाे बताइएकाे छ ।
खाद्यवस्तु अभाव नहुने
नेपालमा तत्काल खाद्यवस्तुको अभाव हुने अवस्था नरहेको बताइएको छ । छ महिनालाई आवश्यक पर्ने खाद्यवस्तु आयात भइसकेकाले तत्काल आयात रोकिए पनि अभाव नहुने बताइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राल
आत्मनिर्भर हुन अझै पाँच वर्ष
‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ मूल नाराका साथ सरकारले विभिन्न कार्यक्रमसहित १२औँ विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस मनाइरहँदा दूधमा आत्मनिर्भरका लागि चुनौती बढेको छ ।
निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासङ्घ
निर्यात व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ । ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासङ्घले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको आयात–निर्यात व्यवसायलाई सम्बोधन गर्ने गरी बजेट आएको जनाएको छ ।
टेलिकमको एपमा ‘नमस्ते पे’
नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा ‘नमस्ते पे’को सुविधा पनि थप गरेको छ । टेलिकम र राष्ट्रिय बैङ्कले भुक्तानी सेवा प्रदायकका रूपमा संयुक्त रूपमा सञ्चालान गरेको ‘नमस्ते पे’ पनि एपमा समावेश भएपछि ग्राहकले अब सोझै यसका सेवा प्रयोग गर्न सक्ने छन् ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।
मुद्दतीमा लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।
उद्यम प्रस्ताव धितोमा ऋण
आगामी वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको कुल दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन भएको छ । खेलकुदतर्फ दुई अर्ब नौ करोड रुपियाँ र ३७ करोड रुपियाँ युवाका क्षेत्रमा विनियोजन भएको हो । जनसाङ्ख्यिक लाभका रूपमा रहेका नेपाली युवाको रोजगारीको विषय आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रमका साथ सम्बोधन हुन सकेको छैन । अघिल्ला वर्षका सीमित कार्यक्रमलाई मात्र निरन्तरता दिइएको छ ।
विद्युतीय सवारीसाधन उत्पादनमा सहुलियत
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५१ करोड रुपियाँ विनियोजन भएको छ, जसअन्तर्गत सडक सञ्जालको विस्तार र निर्माणमा केन्द्रित गरिएको छ । आव २०७९/८० को वार्षिक बजेटमा आठ सय किलोमिटर सडक सञ्जाल विस्तार गरिने भएको छ । २५७ किलोमिटर सडकको स्तरोन्नति गर्ने र पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार कार्यलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख छ । आगामी वर्ष नारायणगढ–बुटवल सडकखण्ड विस्तार सम्पन्न गरिने भएको छ ।
सेयर बजार ओरालो
सेयर बजार ओरालो लाग्ने क्रममा दुई हजार एक सयको बिन्दुमा आइपुगेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याएको दिनदेखि उकालो लागेको सेयर बजार बजेट आउनुअघिदेखि नै ओरालो लाग्न सुरु गरेको थियो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर २१७३.४४ कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ को बिन्दुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.२६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले ओरालो लागेको छ ।
बजेटप्रति निजी क्षेत्र उत्साही
आइतबार संसद्मा पेस भएको आव २०७९/८० को बजेट वक्तव्यका प्रावधानलाई निजी क्षेत्रले स्वागत गरेका छ । नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), समुद्रपार निकासी पैठारी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र उत्थानमा केन्द्रित हुने अपेक्षा गरेका छन् । चम्बरले कृषि क्षेत्रको रूपान्तरण, औद्योगिक उत्पादन विस्तार, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा खपत वृद्धिको योजनालगायतका विषय स्वागतयोग्य रहेको जनाएको छ ।
ताप्लेजुङमा तीन करोड बजेट वृद्धि
ताप्लेजुङ, जेठ १७ गते । ताप्लेजुङको आगामी आर्थिक वर्षको बजेट वृद्धि भएको छ । सङ्घीय सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० बजेटअनुसार ताप्लेजुङको बजेट सवा तीन करोड रुपियाँले वृद्धि भएको हो ।चालू भन्दा आगामी आर्थिक वर्षका लागि कुल तीन करोड २७ लाख रुपियाँ बजेट वृद्धि भएको छ । जिल्लाका नौमध्ये फुङ्लिङ नगरपालिकासहित चार स्थानीय तहको बजेट वृद्धि भएको छ । बाँकी पाँच स्थानीय तहमध्ये चारवटाको बजेट केही घटेको छ भने एउटाको समान रहेको छ । अर्थ मन्त्रालयले बजेट वक्तव्यमार्फत घोषणा गरेको बजेटअनुसार आगामी आवका लागि फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखाला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेटमा वृद्धि भएको छ । फुङ्लिङ नगरपालिकालाई आगामी आवका लागि ५० करोड ८८ लाख रुपियाँ बजेट विनियोजन भएको छ । चालू आवमा फुङ्लिङको ४७ करोड ७४ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको थियो ।यस्तै पाथीभरा याङ्वरक गाउँपालिकालाई ३२ करोड ७१ लाख रुपियाँ विनियोजन भएको छ । चालू आवमा ३० करोड ५७ लाख रुपियाँ बजेट रहेको थियो । मैवाखोला गाउँपालिकामा पनि आगामी आवका लागि २८ करोड दुई लाख रुपियाँ बिनियोजन गरिएको छ । चालू आवमा त्यहाँ २७ करोड १० लाख रुपियाँ बजेट थियो । मिक्वाखोला गाउँपालिकालाई २४ करोड ५७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । चालू आवमा त्यहाँ २३ करोड ७३ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको थियो ।यता आठराई त्रिबेणी गाउँपालिकाको चालू आवमा ३२ करोड ८४ लाख बजेट रहेकोमा आगामी आवका लागि ३२ करोड ६१ लाख रुपियाँ मात्र बजेट विनियोजन भएको छ । त्यस्तै मेरिङ्देन गाउँपालिकामा पनि आगामी आवका लागि ३१ करोड छ लाख बजेट आउने भएको छ । चालू आवमा त्यहाँ ३१ करोड ७० लाख रुपियाँ बजेट रहेको थियो । सिदिङ्वा गाउँपालिकामा पनि चालू आवमा ३० करोड चार लाख रुपियाँ बजेट रहेकोमा आगामी आवका लागि ३० करोड रुपियाँ बजेट विनियोजन भएको छ ।उता सिरिजङ्घा गाउँपालिकालाई चालू आवको बजेट बजारबर आगामी आवका लागि पनि ३८ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । जिल्लाका सबै स्थानीय तहले बजेट वृद्धि भएर आउने अपेक्षा गरेका भए पनि त्यस्तो नभएको बजेट घटेर आएका स्थानीय तहले जनाएका छन् ।