• १२ वैशाख २०८१, बुधबार

आज राष्ट्रिय कफी दिवस

blog

काठमाडौँ, मङ्सिर १६ गते । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।

प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिताका कारण हुन सकेको थिएन ।