• १३ असोज २०८१, आइतबार

बीमा समिति अब बीमा प्राधिकरण

blog

काठमाडौँ, कात्तिक २३ गते । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति मङ्गलबारदेखि नेपाल बीमा प्राधिकरणका रूपमा रूपान्तरण भएको छ । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा समिति खारेज भएर नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन, २०७९ मङ्गलबारदेखि कार्यान्वयनमा आएसँगै बनेको नेपाल बीमा प्राधिकरणको औपचारिक शुभारम्भ गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संस्था स्वायत्त भएको जनाउँदै बीमा क्षेत्रको प्रभावकारी नियमन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारलाई बीमा सम्बन्धमा परामर्श दिने हैसियतको संस्था गठन भएको बताउनुभयो ।

बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हकहित संरक्षण गर्नका लागि बीमासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन आवश्यकतालाई मध्यनजर गर्दै सङ्घीय संसद्ले नयाँ ऐन बनाएको थियो ।

प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था हुने र कानुनी व्यक्तित्व प्राप्त गर्ने ऐनमा उल्लेख छ । प्राधिकरणले कानुनी व्यक्तिको हैसियतले प्रचलित कानुनबमोजिम अधिकारको प्रयोग कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ । ऐनले प्राधिकरणको काम कर्तव्य र अधिकारलाई पनि बृहत् बनाएको छ । बीमा सम्बन्धमा प्राधिकरणले नेपाल सरकारको सल्लाहकारको रूपमा कार्य गर्ने, राष्ट्रिय बीमा नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्नेजस्ता महìवपूर्ण कार्य गर्ने भएको छ ।

नयाँ बीमा ऐनले बीमा कम्पनीहरूको लाभांश वितरणमा कडाइ गरेको छ । ऐनले न्यूनतम चुक्ता पुँजी नपु¥याउने, सोल्भेन्सी मार्जिन कायम नगर्ने तथा पर्याप्त जगेडा कोष कायम नगरेसम्म लाभांश वितरण गर्न नपाइने व्यवस्था गरेको छ ।