• ११ मंसिर २०८१, मङ्गलबार

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’

blog

काठमाडौँ,  कात्तिक   २३  गते । काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार  प्रवर्धन मेला’ हुने भएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिनुभयो । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताउनुभयो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिनेछन् । उक्त मेलामा रु. सयको चप्पलदेखि रु. १० हजारको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताउनुभयो ।