• ११ असोज २०८१, शुक्रबार

कार्यस्थलमा हिंसा र दुर्व्यवहार रोक्ने प्रतिबद्धता

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक २६ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका प्रतिष्ठानले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग प्रतिष्ठानभित्र हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीले कार्यस्थलको हिंसा र दुव्र्यवहार रोक्ने प्रतिबद्धता जनाएका हुन्। 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले नेपाल उद्योग वाणिज्य महासङ्घसँगकोे सहकार्यमा शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यशाला गोष्ठीमा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारविरुद्ध आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का केन्द्रीय सदस्य डा. अविनाश बोहराले कार्यस्थलका सबै खाले विभेद रोक्नुपर्ने बताउनुभयो। उहाँले हिंसाका घटना रोक्न सम्बद्ध पक्षको शून्य सहनशीलता हुनुपर्ने बताउनुभयो। उहाँले उद्योगधन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुव्र्यवहारको परिणामले कर्मचारी तथा श्रमिकमा हुने श्रम मनस्थिति बिग्रिएर उत्पादनमा असर पर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो। 

औद्योगिक वातावरणलाई असर पार्ने कुनै पनि पक्षलाई व्यवस्थापकीय पक्षबाट निरुत्साहित गर्नुपर्नेमा बोहराको जोड थियो। महासङ्घका सहायक निर्देशक हरि पौडेलले आईएलओ महासन्धि र लैङ्गिक हिंसा निवारण ऐनबमोजिम हिंसा तथा दुव्र्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराउनुभएको थियो। उहाँले शारीरिक, गैरमौखिक र मौखिक रूपमा हुन सक्ने हिंसाले काममा पु-याउने प्रतिकूल वातावरणविरुद्ध सचेत रहनुपर्ने बताउनुभयो। 

कार्यक्रममा उपस्थित भएका उद्योग प्रतिष्ठानका माथिल्लो तहका कर्मचारीलगायतका सहभागीले उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुन सक्ने हिंसाविरुद्ध कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यशालामा प्रतिष्ठानका करिब ४५ जनाको उपस्थिति थियो।