• १४ वैशाख २०८१, शुक्रबार

दाबी भुक्तानीको समयसीमा

blog

काठमाडौँ, मङ्सिर ८ गते । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताले अस्पतालबाट सेवा लिएबापत भुक्तानी दाबी गर्ने रकमको समयसीमा तोकेको छ । कोषले सूचना सार्वजनिक गर्दै योगदाताकर्ताले स्वास्थ्य सेवा लिएबापत रकम भुक्तानीका लागि ९० देखि १२० दिनभित्र लिइसक्नुपर्ने समयसीमा तोकेको छ । 

स्वास्थ्य सेवा लिएका योगदानकर्ताले रकम भुक्तानी दाबीका लागि जहिले मन लाग्यो, त्यही आउँदा अन्य कार्यसम्पादनमा समेत असर परेपछि कोषले समयसीमा तोकेको हो । कोषले तोकेको समयसीमा पुस १ गतेदेखि लागू हुने कोषले जनाएको छ । 

कोषका सहप्रवक्ता रोहित रेग्मीले योगदानकर्ताले स्वास्थ्य सेवा लिएबापत दाबी गर्ने समय स्पष्ट नहुँदा भुक्तानी दाबीका लागि एक/डेढ वर्षअघिका समेत आउने गरेको र पैसा दिँदा समस्या आएकाले समयसीमा तोक्नु परेको जानकारी दिनुभयो । 

कोषका अनुसार विभिन्न रोगको औषधि उपचार, दुर्घटना र मातृत्व हेरचाह भत्ता भुक्तानी दाबी डिस्चार्ज भएको ९० दिनभित्र गरिसक्नु पर्नेछ ।