मूल्य घटाएपछि बिक्यो बासमती चामल
ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार प्रतिकेजी नौ रुपियाँ घटाएपछि बासमती चामल बिक्री बढेको शाखा प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो ।
व्यापार र पूर्वाधार निर्माण मुख्य एजेन्डा
नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १०औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आगामी फागुन ५ र ६ गते भारतको नयाँ दिल्लीमा हुने तय भएको छ । गत पुसमा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय प्राविधिक समितिले सो बैठकका लागि छलफलका सम्भावित विषयवस्तु र तिनको प्राविधिक अवस्थाबारे छलफल गरेको थियो ।
भैरहवा–कोलम्बो सिधा उडान गर्न आग्रह
मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले त्यहाँका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा. पौडेलले श्रीलङ्काका प्रधानमन्त्री गुणवद्र्धनेसँगको भेटमा कोलम्बो र भैरहवा सिधा हवाई उडानका लागि आग्रह गर्नुभयो ।
आगामी आर्थिक वर्षदेखि बजेट रकमान्तर रोकिन्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
सीता एयरलाइन्सले घटायो भाडा
सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो ।
एक साताभित्रै सुधारको पहल गर्ने प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग, वाणिज्य क्षेत्रको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । शुक्रबार झापा जिल्लाको दमकमा उद्योगी व्यवसायीसँग छलफल गर्दै उहाँले विद्यमान समस्या सामधानका लागि ठोस कदम चाल्ने बताउनुभयो । यसका लागि मन्त्रालयले आन्तरिक तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीको अवस्थामा भन्दा पनि पछिल्लो १८ महिनामा उद्योग तथा व्यापार क्षेत्रमा धेरै समस्या आएको उहाँले बताउनुभयो ।
मह उत्पादन घट्यो
दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले अघिल्लो वर्षभन्दा यो वर्ष महको उत्पादन घटेको बताउनुभयो । असोज महिनामा भएको बेमौसमी वर्षाले चिउरीको फूल झारेको र रस बगाएकाले मह उत्पादन घटेको उहाँले बताउनुभयो ।
सहकारीले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता समस्यामा
यहाँ सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् । सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक दिनमा एक जना ग्राहकलाई पाँच हजार रुपियाँ मात्रै झिक्न मिल्ने बताएपछि बचतकर्ता समस्यामा परेका हुन् । सो सहकारी संस्थाले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप सङ्कलन गरेको छ भने लगानी करिब अढाई करोड रुपियाँ गरेको छ ।
मल आयात गर्न आठ अर्ब माग
कृषि सामग्री कम्पनी लिमिटेडले आगामी धान बालीका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप सात अर्ब ७५ करोड रुपियाँ माग गरेको छ । धान बालीमा मलको आपूर्ति सहज बनाउन ९० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोड रुपियाँ बजेट माग गरेको हो । कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकमको स्रोत सुनिश्चत गर्न पत्राचार गरेको हो । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले हिउँदे बालीका लागि मल पर्याप्त भए पनि धान बालीका लागि अभाव हुने भएकाले मल आयात गर्न उक्त रकम माग गरिएको जानकारी दिनुभयो ।
महासङ्घद्वारा विरोध
काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ह्विलचेयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिलाई पक्राउ गरेको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासङ्घले विरोध जनाएको छ । नेपालसमेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिविपरीत महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिलाई अमानवीय व्यवहार गरेको महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नीतिगत सुधार गर्न निजी क्षेत्रको सुझाव आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा शुक्रबार पर्यटनमन्त्री किराँतीले नीतिगत सुधार गर्न निजी क्षेत्रको सुझाव आवश्यक रहेको बताउनुभएको हो ।
सहकारीका बचतकर्ताको रकम जोखिममा
रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
हवाई सुरक्षा सम्बन्धी प्राधिकरणको ६ बुँदे निर्देशन
हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ६ बुँदे निर्देशन दिएको छ।
हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।
च्याउखेतीबाट मनग्य आम्दानी
गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भन्नुभयो ।
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ ।
हिउँदे वर्षा नहुँदा सुख्खापन बढ्यो, तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं माघ २० गते। यो वर्ष माघ महिनाको मध्य हुँदासम्म हिउँदे वर्षा भएको छैन। हिउँदे वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित भएका छन्। हिउँदे बालीनालीमा यसले सिधा असर गरेको छ। लामो समय वर्षा नहुँदा प्रदूषण बढेको छ। पानी नपर्दा सुख्खापनसँगै माघ महिनामै तापक्रम बढेको छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य पानी परे पनि देशको मध्य र पूर्वमा पानी पर्न सकेको छैन। अहिले तत्काल पानी पार्ने कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको उहाँको भनाइ छ। मौसमी प्रणाली विकसित नभएकाले यो वर्ष हिउँदे वर्षा नहुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “नेपालमा हिउँदे वर्षा गराउने प्रणाली कमजोर रुपमा प्रवेश गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र हल्का वर्षा गराएर उक्त प्रणाली निष्क्रिय भएको छ। अब तत्काल कुनै प्रणाली विकसित हुने सम्भावना पनि छैन।” उहाँका अनुसार मङ्सिर १६ देखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समयका रुपमा लिने गरिन्छ। माघ १९ गते बितिसक्दासमेत पानी पर्न सकेको छैन। किसानले हिउँद याममा लगाउने बालीनाली पानी नपरेका कारण सुक्न थालेका छन्। यसले उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्। नेपालमा दुई मौसमी प्रणालीले पानी पार्ने गर्दछ। गृष्मयाममा पूर्वबाट आएको मौसमी प्रणालीले पानी पार्दछ भने हिउँदमा पश्चिमी वायुले पानी पार्दछ। यसपालीको नेपालमा प्रवेश गरेको पश्चिमी वायुको आद्रता नै कम भएका कारण प्रणाली राम्रोसँग विकसित हुन नपाउँदै निष्क्रिय भएको मौसमविद्को भनाइ छ।हिउँदमा वर्षा गराउने पश्चिमी वायुको प्रभाव हो। अहिले पश्चिमी वायुको प्रभाव सामान्य भए पनि शक्तिशाली हुन नसक्दा वर्षा हुन सकेको छैन। हिउदे वर्षा नहुँदा गतवर्षभन्दा यो वर्ष तापक्रम केही बढ्ने पौडेलको भनाइ छ। मौसमविद् पौडेलले भन्नुभयो, ‘हिउँदे वर्षा नहुँदा यो वर्ष गतवर्षको तुलनामा तापक्रमको मात्रा केही बढी हुने देखिन्छ। यो महिनामा पनि गत वर्षको भन्दा बढी तापक्रम छ। काठमाडौं उपत्यकाको तापक्रम केही बढी हुने देखिन्छ।’ गत वर्ष माघ महिनामा काठमाडौं उपत्यकाको तापक्रम २३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर अहिले तापक्रम २५ डिग्री सेल्सियस पुगेको छ ।देशका पहाडी तथा ताराई क्षेत्रको मौसममा केही बदली आए पनि तत्काल वर्षा हुने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ। यस्तै हिमाली क्षेत्रमा पनि गतवर्षको भन्दा कम मात्रामा हिमपात भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। गतवर्ष हिउँदे वर्षा मङ्सिर, पुस, माघ र फागुन महिनामा भएको थियो। नेपालमा हिउँदयाममा औषतमा ६० मिलिमिटर पानी पर्दछ। तर गतवर्ष औसतभन्दा बढी १०० मिलिमिटरसम्म पानी परेको थियो। तर यो वर्ष अहिलेसम्म जम्मा ७.९ मिलिमिटर मात्र पानी परेको छ। गतवर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी हिमपात भएको थियो। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा मात्र हिमपात भएको छ। मौसमविद् मानन्धरका अनुसार माघ र फागुन नै सुख्खा हुने देखिएको छ। चैतबाट प्रि मनसुन सुरु हुने भएकाले त्यसपछि मात्र पानी पर्ने सम्भावना छ।
नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
छुट र सुविधाले किसान आकर्षित
धनुषाको ढल्केबरमा रहेको कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराएपछि बजारमा क्रेता र बिक्रेताको सङ्ख्या बढेको छ । बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम सापटी, बासको व्यवस्था, भ्रमण र किसानलाई पुरस्कृत तथा कृषि तालिमजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।
तीन करोड लगानीमा साबुन उद्योग सञ्चालन
दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
आगामी आर्थिक वर्षको बजेट तयारी सुरु, आकार घट्न सक्ने
राजस्व सङ्कलनमा देखिएको दबाबबीच राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी सुरु गरेको छ । आयोगमा उपाध्यक्षसहित रिक्त सदस्यको नियुक्ति भएपछि आव २०८०/८१ को बजेट निर्माणको तयारी तीव्र पारिएको हो । आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले नयाँ बजेटको आकारसहित राजस्वको स्रोत पहिचान र आकलनको काम टुङ्गाएको छ । आयोग सदस्य डा. रामकुमार फुँयालका अनुसार कानुनी व्यवस्थाबमोजिम नै तोकिएकै समस्या नयाँ आर्थिक वर्षको खर्च र स्रोतको अनुमान गरिएको हो ।
थप श्रमिक लैजानेबारे नेपाल–मलेसिया छलफल हुने
नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुग्ने भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत देश भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।
बागमतीले उखु क्रसिङ वृद्धि गर्ने
नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्सले यस वर्षमा १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्ने भएको छ । यस वर्ष उखु उत्पादन बढेपछि अघिल्ला वर्षको भन्दा बढी उखु क्रसिङको तयारी गरेको सो उद्योग सञ्चालक राम थापाले जानकारी दिनुभयो । नवलपरासी जिल्लामा सञ्चालित लुम्बिनी चिनी उद्योग, इन्दिरा चिनी मिल र बागमती खाडसारी चिनी उद्योग गरी तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । यी तीन उद्योगमध्ये बागमती चिनी उद्योगले सबभन्दा बढी उखु क्रसिङ गर्ने भएको हो ।
साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ।