छाउपडी उन्मूलन योजनालाई सहयोग
महालक्ष्मी विकास बैङ्कले सुदूरपश्चिमका सातवटा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालित योजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
जडीबुटी निर्यात रोकिँदा करोडौँ नोक्सानी
भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले बताउनुभयो ।
महिलालाई थप वित्तीय पहुँच पुर्याउन सुझाव
वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउने र भएका नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुईदिने महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घको महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।
तीन प्रतिशत ब्याजमा पच्चीस लाखसम्म कर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रमको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
महँगियो बजार
दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विमल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याला बढेको छैन, एक वर्षको अवधिमा खानेकुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो।
दोहोरो अङ्कले बढ्यो नेप्से
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
काठमाडौंमा चैत १७ देखि फूलको प्रदर्शनी हुँदै
फ्लोरिकल्चर एसोसिएसन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ 'फ्लोरा एक्स्पो' गर्ने भएको छ।
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित
जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् ।
सुनको मूल्य तोलाको एक लाख नौ हजार
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रु एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।
नगद अनुदानले प्लाइउड निर्यात वृद्धि
निर्यातमा अनुदानको व्यवस्थाले प्लाइउड निर्यात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघसम्ममा दुई अर्ब १६ करोड २३ लाख रुपियाँको प्लाइउड निर्यात भएको छ । नगद अनुदानको व्यवस्थाले चालु आर्थिक वर्षमा पाँच अर्ब रुपियाँको निर्यात हुने उद्योगीको अनुमान छ । नगद अनुदान कार्यान्वयन प्रभावकारी भए आगामी आर्थिक वर्ष १० अर्ब रुपियाँको प्लाइउड निर्यात हुने र किसानले समेत त्यसको लाभ लिने अवसर सिर्जना हुने दाबी उद्योगीको छ ।
असुरक्षित गन्तव्य बन्दै साउदी अरब
पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको हो । सन् २०२३ जनवरीदेखि मार्च २० सम्म ५४५ जना नेपाली श्रमिक विभिन्न कारणले स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार जनवरीमा २३१ जना, फेब्रुअरीमा ९८ जना र मार्चको २० सम्म २१६ जना नेपाली बहिर्गमन भिसा प्राप्त गरेर स्वदेश फर्किएका हुन् ।
अगाडि बढेन स्वदेशी उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम
स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि गर्ने गरी ल्याइएको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम अगाडि बढ्न सकेको छैन । उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम दशक बनाउने घोषणा गरेको थियो ।
मिटरब्याज पीडित ११औँ दिनमा काठमाडौँमा
महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै काठमाडौँको मातातीर्थ पुगेका छन् ।
भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै
नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनको आयोजनामा यही चैत ३० गते हुने उक्त महोत्सव भैरहवाको देवकोटा चोकमा हुनेछ ।
नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ।
सबस्टेसनको परीक्षण सुरु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा निर्माण गरिएको सबस्टेसनको लाइन परीक्षण सुरु भएको छ । बिहीबारदेखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रले जानकारी दिएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।
कर्णालीमा चार अर्ब बजेट रकमान्तर
आर्थिक वर्षको अन्त्यतिर आएपछि कर्णाली प्रदेश सरकारले ठूलो रकम बजेट रकमान्तर गरेको छ । आव २०७९/८० को अन्तिम चौमासिक चल्दै गर्दा करिब चार अर्ब रुपियाँ बराबर बजेट रकमान्तर गरिसकेको छ । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन अर्ब ९१ करोड ४९ लाख ९८ हजार आठ सय रुपियाँ रकमान्तर गरेको हो । कार्यान्वयन हुन नसकेका योजनाबाट रकमान्तर गरी अन्य शीर्षकमा बजेट दिइएको हो ।
सहुलियतपूर्ण कर्जा : सहज छैन पहुँच
चार वर्षअघि स्वदेशी सेनेटरी प्याड उद्योग सञ्चालन गर्ने र आयात कम गर्ने योजना सुनाउँदा जो कोहीले गजब भनेर हौस्याउँथे गोमा खनाललाई तर अहिले उद्योगमा लागिसकेपछि अरू त अरू बैङ्कले ऋणसमेत दिन मान्दैनन् । सहयोगी ट्रेड सप्लायर्स अनि रोयल विङ्स ब्रान्डको सेनेटरी प्याड उद्योगमा अहिलेसम्म करिब एक करोड रुपियाँ लगानी गरिसक्नुभएकी खनाल सरकारले महिला उद्यमीका लागि अनेक योजना ल्याए पनि सबै कागजमा मात्रै सीमित भएको गुनासो गर्नुहुन्छ ।
सुरु भयो रारा घुम्ने समय
नेपालको सबभन्दा ठूलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ । काठमाडौँबाट रारा तालको अवलोकन गर्न आएका अनिल श्रेष्ठले यो समयमा राराको मौसम राम्रो पाएको बताउनुभयो । “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलिँदो रहेछ, पानी कहिले नीलो बन्छ, कहिले कालो, कहिले सेतो, रङसँगै पानीको रङ फेरिँदो रहेछ,” उहाँले भन्नुभयो । आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उहाँको अनुभव छ ।
बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ ।
थपिए छ लाख ६५ हजार फोरजी प्रयोगकर्ता
दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।
महिला सशक्तीकरण गर्न सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रमा महिला सहभागितासँगै नेतृत्व बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले शनिबार आयोजना गरेको ‘महिला नेतृत्व सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरण र महिलाको निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।