• १५ वैशाख २०८१, शनिबार

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, चैत १२ गते। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ। 

आइतबार नेप्से परिसूचक २६.८५ अङ्क घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अङ्कले घटेको छ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। बिहीबारको तुलनामा आज नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैङ्क, वित्त, बैङ्क र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक घटेपनि माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कालिन्चोक दर्शनको शेयर मूल्य ६ प्रतिशत बढेको छ। तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।