व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान
केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ ।
तामाकोशी–५ मा सञ्चय कोषको तेह्र अर्बभन्दा बढी लगानी
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको तामाकोशी–५ मा कर्मचारी सञ्चय कोष नेपाल, विद्युत् प्राधिकरण र तामाकोशी जलविद्युत् कम्पनीबिच त्रिपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ । आइतबार सम्पन्न ऋण सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपियाँ ऋण लगानी गर्ने भएको छ ।
करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग
उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरलाई तार्किकस्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला आयात निर्यातकर्ता व्यवसायीको संस्था नेपाल समुद्रपार निकासी पैठारी सङ्घले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्र लेखेर करका दरहरू कम गरी अनधिकृत आयात निरुत्साहित हुने वातावरण बनाउन आग्रह गरेको हो ।
पुरानो सम्झौताको मल ल्याउन सुरु
तीन वर्षका लागि नेपाल सरकारको कालोसूचीमा परिसकेको कम्पनीले पुरानो सम्झौताको मल तातोपानी नाकाबाट ल्याउन सुरु गरेको छ । चीनबाट हालसम्म सो नाकामा पाँच हजार सात सय मेट्रिक टन युरिया मल आइसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले २०७८ मा सो मल ल्याउने ठेक्का प्राप्त गरेका थिए । ती कम्पनीले २०७८ चैत १५ गतेभित्र त्यो मल ल्याइसक्नुपर्ने थियो तर समयमा मल नल्याइदिएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले २०७९ मा ठेक्का रद्द गरेको घोषणा गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले चार पटक म्याद थप गरेको थियो तर समयमा मल आएन ।
दालमा फरक भन्सारदर बनाउन माग
कच्चा र तयारी दालमा समान भन्सारदर हुँदा स्वदेशी उद्योग धराशायी भएकाले भन्सार शुल्क फरक राख्न व्यवसायीले माग गरेका छन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कच्चा र तयारी दालको भन्सारदर एउटै हुँदा विदेशी तयारी दालसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै फरक फरक बनाउन माग गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै हिमताल
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । यो ताल अन्नपूर्ण र नीलगिरि हिमालको काखमा पर्दछ । समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको तालको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको छ ।
वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको (साउन–वैशाख) सम्मको तथ्याङ्क अनुसार १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख रुपियाँ रहेको थियो । गत वर्षको तुुलनामा १० महिनाको अवधिमा आयात घट्दा वैदेशिक व्यापार घाटामा समेत कमी आएको हो ।
लेक चढ्न थाले भेडीगोठ
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठुलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् ।
दुई सय २२ किलो नक्कली मह नष्ट
रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो ।
बुद्ध एयरको जहाजमा मुसा भेटियो
जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ।
‘पाँच रुपियाँमा बन्दागोभी बेच्न मनले मानेन’
दाङको घोराही उपमहानगरपालिका –१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ।
तनहुँ जलविद्युत् आयोजनामा अठार सुरुङ खनिए
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो ।
‘ट्रान्स फ्याट’ खाना स्वास्थ्यका लागि हानिकारक
औद्योगिक ट्रान्स फ्याट भएका खाना स्वास्थ्यका लागि हानिकारक रहेको र ती खानामा ट्रान्स फ्याटको मात्रा निर्धारित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । विभागका महानिर्देशक डा मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यव्रmममा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माले औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
‘गन्तव्य’ मोटरसाइकल बजारमा
नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा आएको छ । सुन्दर अटो इन्जिनियरिङले गन्तव्यलाई बजारमा ल्याएको हो । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । उहाँले भन्नुभयो, “सरकारले अनमुति दिए हामी दिनको १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सक्छौँ । माग बढेको छ । हामी ७ गतेदेखि बिक्री सुरु गर्छौं ।”
काफल बेचेरै मासिक एक लाखभन्दा बढी आम्दानी
पाल्पा देउगीकी ३४ वर्षीय मीना सारूको दैनिकी आजभोलि अलि भिन्न छ । झिसमिसे नहुँदै बिहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छँदै छ तर सिजनको व्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । पाँच जनाको परिवारलाई हातमुख जोर्ने जिम्मा उहाँको काँधमा छ ।
लगानी सम्झौतालाई निरन्तरता दिन आग्रह
नेपाल र अमेरिकाबिच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता दिन आग्रह गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबिचको व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता अन्तर्गतको व्यापार तथा लगानी परिषद् (टिफा काउन्सिल) को शुक्रबार काठमाडौँमा सम्पन्न छैटौँ बैठकले त्यसलाई निरन्तरता दिने छलफल गरेको छ ।
‘अर्थतन्त्रको अवस्था फेर्ने गरी नयाँ बजेट’
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशीलता प्रवर्धन गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । मुलुकको अर्थतन्त्रको अवस्था र आगामी बजेटका सन्दर्भमा संसद्को अर्थ समितिले आयोजना गरेको छलफलमा मन्त्री महतले पुँजीगत खर्चको वर्तमान पद्धति परिवर्तन गर्ने पनि बताउनुभएको छ ।
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ।
सुनको कारोबार
पहेँलो धातु सुनको मूल्य विश्व बजारमा बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा दिनप्रतिदिन खपत बढ्दै जानु र लगानीको सुरक्षित क्षेत्र हुनुले पनि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सुनको व्यापार ‘मिडियम अफ एक्स्चेन्ज’का रूपमा पनि रहेको छ । हाम्रो समाजमा यो धातु सांस्कृतिक रूपले अति आवश्यक हुनुको साथै विलासिता र देखासिकीको रूपमा समेत प्रयोग हुँदै आएको छ । सामाजिक र धार्मिक परम्परासँग सुनको सम्बन्ध गाँसिदा पनि यसको प्रयोग बढेको हो । इज्जत तथा प्रतिष्ठा ब
लुम्बिनी केबलकारको परीक्षण सुरु
लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।
करोडौँको शीत भण्डार प्रयोगविहीन
दोलखाको सैलुङ गाउँपालिका–३ बोथ्लेमा निर्मित करोडौँको शीत भण्डार सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ ।
सामूहिक तथा करार खेतीलाई प्रोत्साहन
राष्ट्रपति रामचन्द्र पौडेलले कृषिको उत्पादकत्व र उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतर्फ लैजाने बताउनुभएको छ। सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै उहाँले तीनै तहका सरकारबिचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताउनु भएको छ। एकीकृत राष्ट्रिय अनुदानसम्बन्धी कानुन एवं कृषि अनुसन्धान नीति तर्जुमा गरिने उल्लेख गर्दै उहाँले बिउबिजनमा आत्मनिर्भर बनाइने बताउनुभयो।
पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गरिने
सरकारले आगामी दुई वर्षभित्र पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गर्नुभएको हो। उहाँले श्रम बजारको माग अनुसारको सिपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने पनि घोषणा गर्नुभयो।
भ्रमण दशक मनाइने
सरकारले सन् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने नीति सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। राष्ट्रपतिद्वारा सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेर २०८० सालको दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने उल्लेख छ। पर्यटन आवागमन बढाउन र विदेशी मुद्रा आर्जनका लागि सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसका लागि आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गर्ने जनाइएको छ।