गहना निर्माण विदेशी श्रमिककै भर
सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपियाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ ।
थोकमा भाउ घट्यो खुद्रामा घटेन
दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी पाँच रुपियाँ, सनफ्लावर र भटमास तेल प्रतिलिटरमा ३० रुपियाँसम्म मात्रै घटेको बताउँदै आएका छन् ।
सरकारको आम्दानीभन्दा खर्च बढी
सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ ।
‘बिमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’
अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बिमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बिमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बिमा क्षेत्रको वर्तमान अवस्था, प्राधिकरणको भूमिका तथा आगामी कार्ययोजनाका सन्दर्भमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गोरखापत्रकर्मी गोपालचन्द्र सुवेदीसँग गर्नुभएको कुराकानीको सङ्क्षिप्त अंश :
स्थानीय परिकारप्रति पर्यटकको आकर्षण
पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका होमस्टेमा पाइने मौलिक खानाप्रति पाहुनाको आकर्षण धेरै हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।
घट्यो विदेशी लगानी
चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ । चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो ।
दाङमा फस्टाउँदो पानी उद्योग
दाङमा पानी उद्योगमा करिब १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु-याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ रुपियाँ लगानी गरेका छन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार एक सय रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विव्रmम केसीले जानकारी दिनुभएको छ । अधिकृत केसीका अनुसार उद्योगहरूको स्थिर पुँजी नौ करोड २३ लाख २७ हजार सात सय २३ रुपियाँ रहेको छ ।
मार्सी धान रोप्ने तयारी
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ । जेठको दोस्रो हप्तादेखि रोपाइँ सुरु हुने मार्सी खेतको खनजोत सुरु भएको हो । स्थानीय मानबहादुर खत्रीले धान उत्पादन वृद्धिका लागि रोपाइँअगाडि खनजोत गर्ने गरेको बताउनुभयो ।
बत्तिस वर्ष पुरानो ऐनले चलिरहेको छ नार्क
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अझै ३२ वर्ष पुरानो ऐनबाट सञ्चालित भइरहेको छ । ३२ वर्षअघि बनेको कृषि अनुसन्धान परिषद् २०४८ लाई संशोधन गर्न पटक पटक प्रयास पनि भयो तर अझै भएको छैन । सो ऐन २०४८ वैशाख २५ गते प्रमाणीकरण भएको थियो । त्यसपछि २०५३ मा सो ऐनलाई संशोधन ग-यो ।
दोहोरो अङ्कले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।
उदयपुर सिमेन्ट संरक्षण गर्न बजेट व्यवस्था गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । शनिबार आयोजित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३५ औँ साधारण सभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा विशेष व्यवस्था गर्ने लागेको बताउनुभएको हो ।
बजेट अभावले सेज निर्माण अवरुद्ध
सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सात वटै प्रदेशमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरे पनि हालसम्म सबै ठाउँले पूर्णता पाएका छैनन् । स्वदेशी वस्तुुको निर्यात बढाएर औद्योगिकीकरणमार्फत देशको अर्थतन्त्र बलियो बनाउने लक्ष्य रहे पनि चार ठाउँमा निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
वर्ष दिनमा सात लाख करदाता थपिए
पछिल्लो समयमा करमा दर्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । सम्पूर्ण किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि करमा दर्ता हुनेको सङ्ख्या व्रmमिक रूपमा बढिरहेका छन् ।
थपिँदै छन् त्रिचालिस ब्रोकर कम्पनी
अहिलेसम्म नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये ४३ कम्पनीले ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र प्राप्त गर्ने ४३ मध्ये १२ वटा वाणिज्य बैङ्कका सहायक कम्पनी छन् ।
ठूलो आकारको बजेट ल्याउने अवस्था छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ।
वर्षौँदेखि अलपत्र कालिगण्डकी गर्ज निर्माणको प्रक्रियामा
मुस्ताङ र म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ ।
भन्सार असुली सन्तोषजनक
नेपालकै मुख्य नाकामध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० को नौ महिनामा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । ५८ करोड ९६ लाखको लक्ष्य तय भएकामा चैत मसान्तसम्म ३८ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो । जुन चैत मसान्तसम्मको लक्ष्यमा ७० प्रतिशत हो ।
लयमा फर्कंदै हेलम्बुको पर्यटन
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको छ। अहिले कोरोना महामारीको त्रास पनि छैन। निर्माणाधीन गे्रट टे«ल, हिमाली दृश्यलगायत ह्योल्मो, शेर्पा, तामाङ जातिको रीतिरिवाज, वेशभूषा, रहनसहन, कला संस्कृतिका कारण यस क्षेत्रमा पर्यटक आगमन बढेको हो। यस क्षेत्रका आमा याङ्ग्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टोघ्याङलगायत हेलम्बुमा आन्तरिक र बाह्य पर्यटक भित्रिन थालेका हुन्।
लचिलो नीति अवलम्बन गर्दै राष्ट्र बैङ्क
आर्थिक असहजतालाई सहज बनाउन लचिलो नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । समीक्षामा मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरी लचिलो बनाएको छ ।
बाध्यकारी श्रमको जोखिममा नेपाली श्रमिक
वैदेशिक रोजगारीमा गएका ठुलो सङ्ख्याका नेपाली श्रमिक बाध्यकारी श्रमको जोखिममा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई काम, तलब, सुविधामा झुक्याउने मात्रै होइन, रोजगारदाता परिवर्तन गर्न वा स्वदेश फर्कन नदिने, कागजात नियन्त्रण लिएर धम्कीपूर्ण व्यवहार गरेर काम लगाउने गरेको पाइएको छ ।
मौद्रिक नीतिको समीक्षा सरकारले चाहे जस्तो छैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताउनुभएको छ।
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।