सगरमाथा आरोही सङ्ख्या धेरै तर अवधि कम
जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो ।
उखु किसानलाई भुक्तानी : किसान अझै असन्तुष्ट
मुलुकका अधिकांश चिनी मिलले समयमै भुक्तानी नगरेको भनी किसानको गुनासो बढिरहेका बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले भने यो वर्ष खरिद गरेका उखुको सबै भुक्तानी गरेको जनाएको छ । मिलले क्रसिङ सिजन २०७९÷८० लागि २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो ।
टुकुचा खोलामै पुष्टि, खोला मिचिएर बनाएको घरजग्गा हटाउने काम चाँडै सुरु हुन्छ: बालेन शाह
काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमकाे पुनर्संरचना गरिँदै
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने निर्देशिकाको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउने चरणमा रहेकाले छिट्टै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।
आजदेखि सुरु हुँदै तार व्यवस्थापन
आजदेखि राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गरिने भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमलाई राहत
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
बजेटका सिद्धान्त र प्राथमिकता पेस
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुभएको छ । बजेट अधिवेशन प्रारम्भ भएकै दिन सरकारका तर्फबाट मन्त्री महतले कर प्रस्तावबाहेकको सिद्धान्त र प्राथमिकता पेस गर्नुभएको हो । प्रस्तावमा सोमबारदेखि तीन दिनको छलफलको समय तोकिएको छ ।
अर्थतन्त्रमा समस्या छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनुभएको छ ।
नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा
नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उखु किसानलाई उद्योगीले गरेनन् भुक्तानी
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
दूध आयात सिफारिसको विरोध
नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् । डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बङ्गलादेशमा अझै भएन धागो निर्यात
नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका खुला भएको दुई महिना बितिसकेको छ तर धागो अझै निर्यात हुुन सकेको छैन । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । बङ्गलादेशले उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयको पहलमा गत फागुन महिनामै सो नाका खुला गरिएको थियो तर प्रक्रियागत काम बाँकी रहेको भन्दै व्यवसायीले धागो निर्यात गर्न सकेको छैन ।
वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउनुपर्ने सुझाव
पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्दै खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न अर्थ मन्त्रालयलाई सुझाव दिनुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात
सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो।
कस्तो र कतिको बजेट ?
आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेको छ। कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो।
पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थ मन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउनुभएको छ। नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका नाम्सापुराण गुम्बामा मूर्तिको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
कर्णाली कोरिडोरमा जोडियो खत्याड गाउँपालिका
जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
हुम्लामा छ दिनपछि हवाई सेवा सुचारु
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट हुम्लाका लागि हुने हवाई सेवा अवरुद्ध हुँदै आएको थियो ।
‘गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन होस्’
निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो । ।
तरकारी खेतीले भरियो सल्यानको फाँट
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँट काउली, बन्दागोभी, काँक्रो र गोलभेँडालगायतका तरकारीले सुन्दर देखिएको छ । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट बर्सेनि करिब डेढदेखि दुई करोड रुपियाँभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो ।
एकल महिला स्वरोजगार कार्यक्रमले राहत
ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानकाे मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौ-धौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ ।
तीन अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैङ्क
मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले करिब तीन अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपियाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।