• ५ जेठ २०८१, शनिबार

भोजपुर नगरपालिकाको बजेट ६४ करोड

blog

भोजपुर नगरपालिकाको आठौँ नगरसभापछिको सामूहिक तस्बिर

गोकुल भुजेल

भोजपुर, असार ७ गते। भोजपुर नगरपालिकाले आव २०८०/०८१ को आठौँ नगर सभाबाट नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ। “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार–नगर विकासको मूल आधार” भन्ने मूल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण, सुशासन एवम् न्याय सम्पादन लगायत विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पास गरेको हो।

नगरले सङ्घको ५५ करोड १७ लाख, प्रदेशको तीन करोड ९४ लाख र स्थानीय तहको चार करोड गरेर कुल ६३ करोड १० लाख १६ हजार ६ सय रुपैयाँ बराबरको बजेट पास गरेको हो। यस आर्थिक वर्षमा नगरले स्वास्थ्य घर, स्वास्थ्य नगर अभियान सञ्चालन गरी नगरको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विशेष चासो राखेको छ।

देशव्यापी रूपमा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सहितको बजेट असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने र असार महिनामै पास गर्नुपर्ने व्यवस्था रहेको छ।