• ७ जेठ २०८१, सोमबार

सडक अवरोध हटाउन २४२ उपकरण तयारी अवस्थामा

blog

काठमाडौं, असार ८ गते । वर्षायाम सुरु भएसँगै देशभरका सडकहरूमा पहिरो जाने जोखिम हुन्छ । जसका कारण यात्रुहरू अलपत्र पर्ने जोखिम हुन्छ । पहिरो जाँदा सवारीहरू जाममा पर्ने भएका कारण सडक खुलाउन सडक विभागले आफ्ना यान्त्रिक उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको छ ।
विभागका यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीका अनुसार मुख्य राजमार्गमा पहिरो पन्छ्याउनका लागि डोजर तथा  एक्स्काभेटर तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुनेबित्तिकै सुचारु गराउन ठाउँ ठाउँमा २४२ वटा यान्त्रिक उपकरणहरू तयारी अवस्थामा  राखिएको छ ।

विभागीय निर्णय भएर नै देशका प्रमुख राजमार्गमा पहिरो पन्छ्याउनका लागि यान्त्रिक उपकरणहरू तैनाथ राखेका छौँ ।

पहिरो जाने सम्भावित क्षेत्र पहिचान गरी उपकरणहरू तयारी अवस्थामा राखिएको हो । उहाँले भन्नुभयो, वर्षामा अवरुद्ध भएका प्रमुख राजमार्गलाई तत्काल सुचारु गर्न  विभाग मातहतका कार्यालयमा एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ ।
पहिरो पन्छ्याउनका लागि आठ वटा ठूला उपकरण रहेका छन् । १२६ वटा पहिरो गएका ठाउँमा तत्काल पुग्ने र ११६ वटा उपकरण  आवश्यक परेको खण्डमा तत्काल पुग्न सक्नेगरी तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विभागले विभिन्न ठाउँमा पहिरो जानसक्ने स्थानको लागि यान्त्रिक उपकरणहरू तयारी अवस्थामा राखेको छ । १२६ वटा पहिरो गएको स्थानमा तत्काल पुग्ने अवस्थामा छन् । बाँकी व्याकअपका लागि राखिएको छ ।”
सडक विभागको  विभागीय निर्णयअनुसार नै देशका प्रमुख राजमार्गमा पुग्न सक्नेगरी उपकरणको व्यवस्था गरिएको उहाँको भनाइ छ । पहिरो गएको स्थानमा आधा घण्टामै एक्स्काभेटर पुग्नेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागीय निर्णय भएर नै देशका प्रमुख राजमार्गमा पहिरो पन्छ्याउनका लागि यान्त्रिक उपकरणहरू तैनाथ राखेका छौँ । पहिरो गएको आधा घण्टामै सम्बन्धित स्थानमा पुग्नेगरी तयारी अवस्थामा राखेका छौँ ।” यात्रुहरुलाई लामो समय अलपत्र हुन नदिनका लागि इक्युपमेन्टहरु तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
यात्रुहरुलाई लामो समय अलपत्र हुन नदिनका लागि इक्युपमेन्टहरु तयारी अवस्थामा राखिएको छ ।
विभागले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले यान्त्रिक उपकरणलाई सम्बन्धित स्थानमा लैजानका लागि निर्देशन दिने व्यवस्था मिलाएको छ । यस्तै, सडक डिभिजन कार्यालयहरूले यसको परिचालन गर्ने व्यवस्था छ  ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।