• २० असोज २०८१, आइतबार

पाँचथरमा बाढीले २६ ड्रम डिजल बगायो

blog

पाँचथरको तुम्बेवा गाउँपालिका–२ को नावाखोलाको बाढीमा फसेको ट्रिपर । तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय पाँचथर

नारायण तुम्बापो

फिदिम, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ । दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । बाढीमा फसेको ट्रिपर आधा पुरिएको अवस्थामा रहेको प्रहरीकाे भनाइ छ ।