योग्यता प्रणालीका आयाम
लोक सेवा आयोगले प्रशासन सेवाको प्रवेशविन्दु मानिने शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको पाठ्यक्रम संरचनामा सामान्य परिमार्जन गरी नयाँ परीक्षा योजना सार्वजनिक गरेको छ । विभिन्न अप्राविधिक सेवा समूहहरू अन्तर्गत उक्त पदहरूको पदपूर्ति गर्न आयोगले एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्ने गरेको छ । यस आलेखमा लोक सेवा आयोगले सञ्चालन गर्ने राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत पदको परीक्षा प्रणालीको दायराभित्र रही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
प्रशासनिक नीति र हाम्रो नियति
राज्यको शासन सञ्चालनमा मूलतः राजनीतिक र प्रशासनिक दुई संरचनाको प्रभाव र भूमिका हुन्छ । राजनीतिक संरचनाले तर्जुमा गर्ने नीतिहरूको कार्यान्वयन गरेर प्रशासनिक संरचनाले समग्र राज्य प्रणालीमा रक्तसञ्चार गरेको हुन्छ । यस क्रममा आधुनिक शासन व्यवस्थासँग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित अन्य पक्ष यिनै दुई संरचनाद्वारा निर्देशित हुन्छन् । नेपालको वर्तमान शासन व्यवस्थामा आधुनिक र उन्नत लोकतन्त्र तथा सार्वजनिक प्रशासनमा सिद्धान्ततः नयाँ सार्वजनिक शासन (एनपिजी) को विश्वव्यापी मान्यता अवलम्बन गरिएको छ । निजी क्षेत्र, गैरसरकारी सङ्घ संस्था तथा अन्य पक्षसँगको समन्वय, सहकार्य र
दिनभर पालिका, साँझबिहान खेतबारीमा
चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ । त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने उहाँ आफैँ तरकारी खेतीमा संलग्न भई कृषक बन्नुभएको छ ।
समाज बिथोल्ने कुनै आन्दोलन गरिनु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन गर्न नहुने बताउनुभएको छ ।
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।
१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय
सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ।
कारागार व्यवस्थापनमा समस्या : क्षमताभन्दा बढी कैदीबन्दी
२०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो । कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो । असार २७ गते गोरखा कारागारका कैदीबन्दीबिच कुटाकुट भयो । टिभी हेरेर बसेका कैदीलाई अर्का कैदीले तानेर बस्ने क्रममा भएको विवाद झडपमा परिणत भयो । झन्डै एक सय कैदी रहेको उक्त कारागारमा तत्काल सुरक्षाकर्मी परिचालन हुँदा मानवीय क्षति भने हुन पाएन ।
मन्त्रीहरू अब भैँसेपाटी निवासमा
सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गर्नुभएको छ । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सर्नुभएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सर्नुभएको छ ।
रिक्त चौतिस पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ ।
पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।
दुई लाख बालबालिका आर्थिक काममा
नेपालमा ठुलो सङ्ख्यामा बालबालिका आर्थिक काममा संलग्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदनले छ महिनाभन्दा बढी समय आर्थिक गतिविधिमा करिब दुई लाख बालबालिका सक्रिय रूपमा संलग्न रहेको देखाइएको हो । १० देखि १७ वर्ष उमेर समूहका कुल ४६ लाख ६३ हजार बालबालिकामध्ये चार प्रतिशत अर्थात् करिब एक लाख ८६ हजार पाँच सय बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको हो ।
मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त
हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो ।
रोकिएन मिटरब्याजको शोषण: ३६ लाख दिएर दुई करोड असुली
मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ । तथापि प्रहरीले भुसाललाई पक्राउ गरी कारबाही चलाएको छ ।
सांसदको काम विकास गर्ने कि कानुन बनाउने ?
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सोबिता गौतमले सांसदको काम स्थानीय विकास नभएर कानुन निर्माण गर्ने भनेर मतदातालाई बुझाउन कठिन भएको बताउनु भएको छ ।
अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ ।
जोखिमपूर्ण हवाई यात्रा
हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । आज संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा पनि हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । हवाई यात्रुको सङ्ख्या बढ्दै गएसँगै हाम्रा आन्तरिकतर्फका हवाई सेवाप्रदायक कम्पनी पनि जहाज भित्र्याउने प्रतिस्प
अर्धसत्य [कथा]
“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” “तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई
न्युजिल्यान्डका माओरी
“त्यो बेलाका अधिपति अहिले कङ्गालपति !” माओरीहरू देखाएर निरूले भनेकी थिइन् । पामिस्टान नर्थको एउटा मलमा हामी लुगा किन्न पसेथ्यौँ, त्यहीँ देखिएथे माओरीको निकै ठुलो हुल । साना केटाकेटी, बुढाबुढी र तरुनातरुनीको बगालले मलमा कल्याङमल्याङ चर्कै देखिन्थ्यो । न्युजिल्यान्ड टेकेदेखि नै माओरी शब्द सबैका मुखले भट्याइहाल्थे । माओरी यस्ता, उस्ता, फलाको हालिहाल्थे सबै जना । विलिङटन सहरमा उत्रेलगत्तै सिबी दाहालले भनेको सम्झिरहेको छु, “देश गुमाएर तन्नम छन् तर पनि राजसी ठाँट उस्तै छ ।”
मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचर)
३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ ।
सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकियो
बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।