खुम्बु बाढीबारे प्रजिअ पाण्डेसँगको संवाद : सेना र प्रहरी उद्धारमा सक्रिय, एक बेपत्ता
बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ नै बगरमा परिणत भएको छ । यस सन्दर्भमा त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे (खत्री) सँग गोरखापत्र अनलाइनले गरेको टेलिफोन वार्ता :।
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यको कार्ययोजना तयार पारेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको कार्यभार सम्हाल्नु भएपछि हरेक कामलाई चुस्त बनाउन कार्ययोजना तयार पार्नुभएको हो।
खुम्बु क्षेत्रका हिमताल फुटेको अनुमान : दुधकोशी तटीय क्षेत्रमा जोखिम
खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्माबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।
डोटी दुर्घटना अपडेट: १७ जना घाइते (विवरण सहित)
डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो ।
युवा ढुकढुकीको लोकतन्त्र
नेपालको शासन सत्ता कब्जा गरेर १०४ वर्षसम्म नेपाली नागरिकलाई ‘रैती’ बनाएको जहानियाँ राणा शासनविरुद्ध क्रान्तिको बिगुल समाउँदा महामानव बिपी कोइराला ३६ वर्षका तन्नेरी थिए । आफू जस्ता युवालाई उनले ‘तरुण’ भन्थे । नेपाली कांग्रेसमा पछि मात्रै गठन भएको बिपी परिकल्पनाको त्यही आयाम थियो । राणातन्त्र अन्त्य गर्ने क्रान्तिको नेतृत्व गरेर सफल भएपछि बिपी ३६ वर्षमै गृहमन्त्री बने । इतिहासका अझ अघिल्ला पाना पल्टाउने हो भने तन्नेरी वयहरू ज्यानमा खेल्दै गर्दा २० वर्षमै त्यो बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरिसकेका थिए । नेपालमा राणा शासनविरुद्ध मात्रै होइन त्यो बेला विश्वका धेरै राष्ट्रमा बिपीकै उमेरका समकालीनले क्रान्ति अनि राष्ट्रको नेतृत्व गरिरहेका थिए । विश्वमा चलिरहेको प्रजातान्त्रि
डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते
दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
तरकारी खेतीले रोक्यो बसाइँसराइ
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।
सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन
गृह मन्त्रालयले यातायात व्यवसायीलाई सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ । सार्वजनिक सवारी साधनमा सिसिटिभी र ट्रान्सपोन्डरको समेत व्यवस्था गर्न मन्त्रालयले बिहीबार निर्देशन दिएको हो ।
पाटन दरबार क्षेत्रमा चिनियाँ पर्यटक
ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्दै चिनियाँ पर्यटक । कोरोना महामारीका बेला बन्द भएको चिनियाँ पर्यटक आगमन अहिले पुनः सुरु भएको छ ।
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ ।
अस्थायी आवास अनुदान मापदण्ड स्वीकृत हुने चरणमा छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताउनुभएको छ।
प्रधानमन्त्रीको उपस्थितिमा वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे बिहीबार छलफल भएको छ ।
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।
आहा ढोरपाटन... (फोटो फिचर)
बागलुङ ,म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षका वन जङ्गल, उपत्यका र डाँडाकाँडाको सेरोफेरो अहिले मनसुनमा हरियाली ,रङ्गीबिरङ्गी हुँदा मनै लोभ्याउने गरेको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ शुल्क र भ्याट छुट
सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ ।
समाजवादको मेरुदण्ड कृषि
समाजवादमा प्रवेश गर्न कृषिमा आत्मनिर्भरता आवश्यक छ । यसका लागि इच्छाशक्ति भए कृषिमा आत्मनिर्भरता अनिवार्य सर्त बन्छ । विश्वको जनसङ्ख्या सात अर्बबाट नाघ्न लागेको हुँदा हामीलाई मात्र होइन विकसित मुलुकले पनि खाद्यान्न अभाव झेल्नु परेको छ । विकसित र औद्योगिक मुलुकले यो अभावलाई व्यवस्थित गर्ने योजना बनाइसकेको छन् भने हामीकहाँ पर्याप्त सम्भावना हुँदाहुँदै पनि सात अर्बको आलु मात्र बाहिरबाट आयात गरेका छौँ । हामीले समाजवादको बहस थालनी गरेका छौँ तर समाजवादको मेरुदण्ड एउटा कृषि पनि हो भन्ने बारेमा ध्यान पु¥याउन सकेका छैनौँ । नेपालको अहिलको खेतीयोग्य जमिन २९ लाख ६८ हजार १७ हेक्टर छ भने त्योमध्ये तीन भागको एक भाग नौ लाख ६०९ हेक्टरमा खेती नै गरेका छैनौँ । हामीले कृषिमा ध्यान दिने हो भने जमिनको समस्या छैन । यहाँको बनेको क्षेत्रफल ६३ लाख ६ हजार ४६० हेक्टर छ भने चरनको क्षेत्र १७ लाख ५७ हजार ६४५ हेक्टर छ । यो सबै जमिनलाई खेतीमा
‘मिलेर ल्याएको संविधान मिलेरै परिमार्जन गर्छौं’
सम्माननीय सभामुख महोदय, आज थोरै समयमा केही विषयमा आफ्नो खुसी पनि व्यक्त गर्ने र केही विषय प्रस्ट पार्ने हिसाबले म यहाँ उभिएको छु । सभामुख महोदय, म खुसी के व्यक्त गर्न चाहिरहेको छु भने, हाम्रो देशमा द्वन्द्व थियो, द्वन्द्वलाई हामीले शान्ति प्रक्रियामा परिणत ग¥यौँ र शान्ति प्रक्रिया अगाडि बढ्यो । हामीले भन्दै आएका छौँ–यो शान्ति प्रक्रिया मौलिक (होमग्रोन) हो
बाल सुधारगृहमा उमेर नाघेकाको चाप
२०८० असोज ४ गते बाँकेको जयन्दु बाल सुधारगृहमा बाल बिझ्याइँकर्ता (बालबन्दी) बिचको झडपमा रुपन्देही कञ्चन–४ का सुलभ केसीको ज्यान गयो । अन्य ११ जना बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् । बालबन्दीको चापका कारण दुई वटा ब्लक (भवन) मा राखिएका बालबन्दीबिचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाइबाट केसीको मृत्यु भएको सुधारगृहका प्रमुख विमला काउचामगर बताउनुहुन्छ ।
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।
‘गणतन्त्रको मूल्य, मान्यताविपरीत हुनेगरी संविधान संशोधन हुन सक्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रको मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।
शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुगाइरहँदा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।
शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।