वीर अस्पतालमा एकसाथ २४५ नर्स पदस्थापन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई नियुक्तिपत्र बाँढेको छ।
बुटवल-नारायणगढ सडक निर्माण सुस्त
बुटवल-नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम नहुँदा सडक निर्माणको समय अझै थप हुने अवस्थामा छ ।
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ ।
किन आयो हेवाखोलामा अकल्पनीय बाढी
। हेवाखोलाको अन्तिम बिन्दु माझीटारका ४० वर्षीय मङ्गलबहादुर माझी यस्तो बाढी आउला भनेर दश मनमा एक मन पनि नसोचेको बताउनु हुन्छ। हिउदमा जङार तरिने हेवाखोला तीन गते तमोर नदी बनेर आएको भान भएको उहाँले सुनाउनुभयो।
सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री
चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गर्नुभयो ।
सघन सेवालाई दुर्गममा पुर्याउन टेलिआइसियु सञ्चालनमा ल्याउनुपर्छ
छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलले सरकारले सरकारीका तथा निजी अस्पतालका सघन उपचार सेवालाई बीमाको दायरामा ल्याउन सकेमा बिरामीले सर्वसुलभ रूपमा सेवा पाउन सक्ने बताउनुहुन्छ ।
पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।
पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ । सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
वैदेशिक रोजगारीको कुरूप पाटो, देशभित्रै ठगिन्छन् युवा
वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।