• १३ साउन २०८१, आइतबार

माओवादी पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुँदै

blog

काठमाडौँ, फागुन ८ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुँदैछ । 

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आज अपराह्न ४ः३० मा बस्ने पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा अहिलेसम्म अरू दलहरूसँग भएको छलफलका बारेमा  पनि कुराकानी हुने बताउनुभयो । 

उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “राष्ट्रपति निर्वाचनको मनोनयन नजिकियो । यस सम्बन्धमा अरू दलहरूसँग भएको छलफलका बारेमा र कसरी जाने भन्ने सन्दर्भमा राय, सल्लाह, सुझाव पदाधिकारीबाट आओस् भन्ने धारणाले बैठक पेरिस डाँडामा बस्दैछ ।” 

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिँदै आएको जिज्ञासामा उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति नै एक प्रकारको बटम लाइन जस्तै हो, विभिन्न कारणले । राष्ट्रिय सहमति हुने पात्र एमालेबाट पनि हुन सक्ने भयो, नेपाली काङ्ग्रेसबाट पनि ल्याउन सक्ने भयो, सर्वमान्य हुनुपर्यो ।”

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति यही फागुन २५ गते तय गरिसकेको छ ।