असारको २१ दिन: एक खर्ब २५ अर्ब सात करोड भुक्तानी
चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको भुक्तानी बढेको छ। २१ दिनको अवधिमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको हो।
प्रधानमन्त्रीको निर्देशनः ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।
संसद् अवरुद्ध हुनु राम्रो होइन, छलफल गरेर सहमति गर्नुहोस् : सभामुख घिमिरे
काठमाडौं, असार २२ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदलाई घनीभूत छलफल गरेर सहमति गर्न अनुरोध गर्नुभएको छ। शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा धारणा राख्नुहुँदै सभामुख घिमिरेले यस्तो अनुरोध गर्नुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा मिटरब्याज पीडि सम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो नभएको उहाँले बताउनुभयो। सत्ता पक्ष र प्रतिपक्षी दलको छलफलका लागि सहजीकरण गर्न आफू तयार रहेको उहाँले प्रष्ट पार्नुभएको छ। सभामुखको भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भन्नुभयो, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनीभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु।’’सभामुख घिमिरेले आइतबारसम्ममा सहमति गर्न आग्रह गर्दै शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताउनुभएको छ। कार्यव्यवस्था समिति बैठक लगत्तै सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना सार्वजनिक गर्नुहुँदै शुक्रबारका लागि तोकिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने निधारण गरिएको जानकारी गराउनुभएको छ ।
सुशासनका लागि चुनौतीको सामना गर्न तयार छु : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतिको सामना गर्न आफू तयार रहेको बताउनुभएको छ ।
सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : मन्त्री शर्मा
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तर्क्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गर्नुभयो ।
लम्पी स्किनको सङ्क्रमण घट्दै : सात लाख डोज खोप आयात
पछिल्लो समय गाईभैंसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिनुभयो शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
सिद्धबाबा सुरुङ मार्ग निर्माणमा ढिलाइ
सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग निर्माणको काममा ढिलाइ भएको छ। गत २०७९ साल असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भए पनि सुरुङ मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो। सुरुङ मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाइले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ। निर्माण पक्षले सुरुङ मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको छ। यद्यपि अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो।
बेरोजगारी सङ्ख्या तीन लाखमा झार्ने योजना
राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना प्रस्तुत गरेको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत गरेको हो । समितिले हाल नेपालमा करिब नौ लाख बेरोजगार रहेकामा २०८६ सालसम्म यो दरलाई घटाएर तीन लाखमा झार्ने भनेको छ ।