• १४ मंसिर २०८१, शुक्रबार

उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

blog

काठमाडौं, फागुन १० गते । सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ ।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले सोमबार सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको हो । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइ दर्ता भएको रिटको सुनुवाइ फागुन १२ गते शुक्रबारका लागि तोकिएको छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ५ गते जरिवाना माफी मिनाहाको निर्णय गर्नुभएको थियो ।