नदी दोहनमा स्थानीय सरकार, पानीको अभाव झेल्दै स्थानीयवासी
बकैया, दुधौरा, बालगङ्गा नदीमा मापदण्डभन्दा चार गुणा बढी मात्रामा बालुवा–गिट्टी उत्खनन भई रहे पनि सम्बन्धित निकाय मौन बसेका छन् ।
२५६९ औँ बुद्ध जयन्ती लुम्बिनीमा मनाइदै (प्रत्यक्ष प्रसारण)
शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज लुम्बिनीमा भव्य समारोहको बिच मनाइदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको लुम्बिनीमा हुने मूल समारोहलाई सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
प्रदेश संरचना हुर्किंदै जाँदा समृद्धि हासिल हुन्छ
विसं २०६२/६३ को जनआन्दोलनपछिको परिवर्तनले मुलुकलाई नयाँ ढङ्गले दिशानिर्देश गरेको छ ।
सङ्घीय निजामती विधेयक : अन्तरप्रदेश सरुवा खुला
नयाँ संविधान जारीपछि कर्मचारी समायोजनको सङ्घीय कानुनबमोजिम प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीको सरुवा हुने भएको छ । समायोजित कर्मचारीको मागलाई सङ्घीय निजामती विधेयकले सम्बोधन गरेको हो ।
इतिहास बोल्न ठड्याइएका पत्थर
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ बुढीमोरङस्थित गैरीगाउँमा एक लामो ढुङ्गा ठडिएको छ ।
गोरखापत्र संस्थानको आधुनिकीकरण गर्नुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
सबैले सुरक्षित र सम्मानजनक रुपमा बाँच्न पाउनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनपर्नेमा सरकार दृढ रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।
सवारीचालक अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ।
राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिने छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक
नियामक निकाय मूकदर्शक बनेपछि राजविराजका सडक पेटी अतिक्रमण झन् बढ्यो
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख २८ गते । राजविराजमा जताततै सडक पेटी अतिक्रमण गरेर पसल थाप्ने चलन बढ्दै गएको छ । यहाँको अदालत रोड स्थित उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्मको करिब पाँच सय मिटर बाटोमा सडक पेटी र सडक नै छेकेर फुटफाटे पसल थाप्नुले आवतजावतमा बाधा पुगेको हो । हुलाकी सडक अन्तर्गत निर्माण भएको अदालत रोडमा पैदल यात्री हिँड्नका लागि बनाइएको पेटी कतै खालि देखिँदैन् । मालपोत कार्यालय सप्तरी अगाडि र वरपर जहाँतहाँ सडक पेटीमा होटेलदेखि फुटफाथमा पसल र पार्किङले आवतजावतमा कठिनाइ भएको छ ।सडक पेटीमा मात्र नभई झन्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिए पनि राजविराज नगरपालिकाको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।सडक पेटी र सडक नै छेकेर व्यापार गर्नेहरूमा तरकारी र फलफूल व्यवसायीदेखि चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछि ओहोरदोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । राजविराज स्थित खानेपानी मोडदेखि राम मन्दिरसम्मको अदालत रोडमा जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, कर कार्यालय, जिल्ला अदालत, वन डिभिजन कार्यालय, उच्च अदालत, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरू छन् । यो सडक बिदाको दिन बाहेक सधैँ सेवाग्राहीले भरिभराउ हुन्छ ।एकातिर कार्यालयहरूमा आउने सेवाग्राहीहरूको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामग्री किन्न आउने उपभोक्ताको अत्ध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउनुले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी दुखा चौधरीले बताउनुभयो । कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामग्री थुपारि दिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको बनाएको उहाँको भनाइ छ । पैदल यात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर सञ्चालनमा ल्याइएका यस्ता पसलहरू अविलम्ब हटाउनु पर्ने स्थानीयहरूले माग गरेका छन् । राजविराज स्थित हटियाको पनि अवस्था यस्तै छ । नुन देखि सुन सम्म किन्न आम सर्वसाधारण राजविराजको मुटुमा रहेको हटिया आउने गर्दछन् तर, त्यहाँ नगरपालिकाले अतिक्रमण हटाएर बनाइएको नाला, सडक पेटी फेरि अतिक्रमणमा पर्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ ।सडक पेटीमै दुवैतर्फ पसल थापेर व्यापार गर्न थालिएपछि साँझ पख आउजाउ गर्नमा समस्या हुँदै आएको भए पनि नगरपालिकाले व्यवस्थित बनाउन सकेको छैन ।सडक पेटी अतिक्रमण हटाउन राजविराज नगरपालिका सँग समन्वय भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भयाे । उहाँले हटियामा निर्माणाधीन सपिङ कम्प्लेक्सको निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएपछि धेरै हदसम्म यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सडक पेटी अतिक्रमण छिट्टै हटाइने जानकारी दिनुभयो ।यसअघि सडक पेटी खाली गराएको थिएँ, यो बिचमा म बाहिर गएँ नगरपालिकाले ध्यान नदिँदा फेरि अतिक्रमण भएको जनगुनासो आएको छ, नगरपालिकाले छिट्टै नै अतिक्रमण हटाएर आवागमनलाई सहज बनाउने छ” उहाँले भन्नुभयो ।
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
काठमाडौँ, वैशाख २८ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लय समात्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२–०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको उहाँको भनाइ छ । वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर छ त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि व्याघ्र छ । सरकार बने लगत्तै अर्थतन्त्रमा जुन किसिमको शिथिलताको स्थिति छ, यो शिथिलतालाई चिर्ने, बाहिर निस्किने र चलायमान बनाउने कसरी भनेर छलफल गरेका थियौँ । छलफलका क्रममा के महसुस गर्यौँ भने हामीसँग केही यस्ता कानुनी व्यवधानहरू छन्, ती व्यवधान नपन्छाई निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन भन्ने ठम्याइका आधारमा केही कानुन अध्यादेशका मार्फतबाट सम्बोधन गर्ने कोसिस गरेका छौँ । कानुन संशोधनको प्रक्रिया यति मात्रै पर्याप्त छैन, कानुन संशोधनका कामहरू पनि जारी राख्छौँ, अरू निजी क्षेत्रका सम्बोधन गर्नुपर्ने मागहरूका सम्बन्धमा पनि हामीले ध्यान दिनुपर्छ र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन ध्यान दिनुपर्छ भन्ने हिसाबले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनायौँ । आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गर्छौँ भनेका छौँ । एकै पटक सबै कार्यान्वयन गर्न सम्भव छैन । बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट गर्ने हो, कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने हो । अरू कार्यकारी तहको निर्णयबाट गर्न सकिने समाधानका लागि तदनुकुलका निर्णय गर्ने हो । तपाईँहरूको मनोबल नबढाई र लगानी कर्ताहरूलाई आकर्षित नगरी, रोजगारी सिर्जना नगरी हाम्रो देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।’उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताउनु भयो ।
अस्पताल भवन चार वर्षदेखि अलपत्र
राजन रावतहुम्ला, वैशाख २८ गते । २०७५ सालमा देशभर एकसाथ शिलान्यास गरिएका मध्यको एक सर्केगार्ड गाउँपालिका केन्द्रमा निर्माण गर्न लागिएको अस्पताल भवनको निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । अस्पताल भवन निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीको कारण भवन निर्माणमा ढिलाइ भएको हो । सम्झौता भएको दुई वर्षपछि मात्र अस्पताल भवनको निर्माण कार्य सुरु भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले बताउनुभयो । उहाँले २०७८ साल जेठ महिनामा केएस कन्स्ट्रक्सनसँग गाउँपालिकाले उक्त अस्पताल भवनको सम्झौता भएको बताउनुभयो । उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने अवधि २०८३ साल साउन महिनासम्म रहेको छ । भवन निर्माणका लागि यति लामो अवधि राख्नु नै निर्माण कम्पनीले लापरबाही गर्ने बाटो रहेको उहाँले बताउनुभयो । त्यति बेला असी लाख रुपियाँ पेस्की लिने काम मात्र भए पनि काम सुरु भएको उहाँले बताउनुभयो । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई कार्यालयमा बोलाएर ठेक्का रद्द गर्नेसम्मको कुरा उठाएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गर्ने र समय मै सम्पन्न गर्ने कागज गरेपछि काम निर्माण कार्य अगाडि बढेको हो । कार्यालयको ताकेता पछि २०८० सालमा निर्माण कम्पनीले काम बल्ल सुरु गरेको थियो । बाह्र कोठे दुई तले भवन तल्लो तलाको संरचना अहिले पनि अधुरो अवस्थामा रहेको छ । पहिले लगेको पेस्की रकम फर्छ्यौट गरेर हाल निर्माण गरिएको कामको पनि बिल उठाएर सङ्घीय सरकारसँग दुई करोड एक लाख माग गरेर त्यो रकम पनि गाउँपालिकामा आई पुगेकोले अब निर्माण कम्पनीलाई भुक्तानी दिने तयारीमा गाउँपालिका रहेको छ । यो संरचना निर्माण कम्पनीले गत वर्ष असारमा निर्माण गरेको हो । उक्त रकम भुक्तानी दिएपछि भवनको बाँकी काम सुरु हुने र निर्माण कम्पनीले गरेको कामका आधारमा बाँकी भुक्तानीका लागि बजेट माग गरिने छ । भवनको हालसम्म पैँतीस प्रतिशत भौतिक प्रगति देखिएको छ ।
एकै सिजनमै ३० लाखको काँक्रा बिक्री
टोपलाल अर्यालरेसुङ्गा, वैशाख २८ गते । स्वदेशमा केही नदेखेर काम खोज्न दैनिक सयौँ युवा विदेश पसिरहेका छन् । गाउँका उर्वर खेतबारी झाडी बनाउँदै युरोप र खाडीकाका सपना देख्ने प्रवृत्ति बढ्दै गएका बेला छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीलाई कहिल्यै परदेश मोह जागेन । बिहान सबेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बित्छ । तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ गरेर गन्तव्यमा पुर्याउने भण्डारीको दैनिकी हो । भण्डारी दम्पती, बाबुआमा र भाइ पनि सधैँ काममै व्यस्त हुनुहुन्छ । उहाँका तीन भाईनै गाउँमा कृषि गर्नुहुन्छ । सुरुमा कुखुरा पालनसँगै मासु व्यवसाय गर्नुभएका भण्डारी अहिले काँक्रा उत्पादकको रूपमा परिचित हुनुहुन्छ । उहाँले कृषिमा १० वर्ष बिताउनुभयो । कृषि पढ्नु भएन, परेरै सबै काम आफै गर्नुभएको छ । आफ्नै सिँचाइ र जग्गा भएकाले काममा सहज छ । बेमौसमी काँक्रा उत्पादन भएकाले मूल्य पनि राम्रो छ । उहाँले गत वर्ष १० लाख रुपियाँका काँक्रा बिक्री गर्नुभएको थियो । अहिले गत वर्षभन्दा तीन गुणा बढी काँक्रा रोपेकाले कम्तीमा ३० लाख रुपियाँ कमाई हुने दाबी भण्डारीको छ । गत वर्ष दुई हजार रोप्नु भएका भण्डारीकोमा अहिले दश हजार काँक्राका बोटहरू रहेका छन् । धेरैले टनेलमा काँक्रा उत्पादन गरे पनि भण्डारीले खुल्ला जमिनमै काँक्राको राम्रो उत्पादन गर्नुभएको छ । “बोट नै दश हजार छन् । राम्रो उत्पादन र मूल्य भएकाले ३० लाख ढुक्कले कमाउँछु,”उहाँले भन्नुभयो,“कृषिमै रमाउन थालेका दशक भए ।” काँक्रा प्रति किलो सय रुपियाँमा फर्मबाटै बिक्री भइरहेको छ । पाँच÷छ जातमा काँक्राको उत्पादन फर्ममा भइरहेको छ । काँक्रा बाहेक भण्डारीकोमा लौका, घिरौँला, खर्बुजा, फर्सी लगायतका तरकारी पनि छन् । फल्न थालेकाले तीन लाखको लौका पनि बिक्री हुने भण्डारीले बताउनुभयो । पूर्णिमा कृषि फर्म मार्फत करिब ५० लाख रुपियाँ कृषि र कुखुरा पालनमा लगानी भण्डारीले गर्नुभएको छ । त्यो मात्रै नभएर दुई वटा पोखरीमा माछा छन् । तीन÷चार क्विन्टल माछा निकाल्ने अवस्थामा रहेको भण्डारीले बताउनुभयो । उहाँले सुरुमा कुखुरा पालनसहित मासुको व्यवसाय गर्नुभएको थियो । अहिले कुखुरा घटाएर तरकारी बढाउँदै लैजानु भएको भण्डारीकोमा अझै एक हजार बोइलर कुखुरा छन् । धेरै किसान उत्पादनले बजार र मूल्य नपाएर विस्थापित भएका छन् । तर, भण्डारीको काँक्राले राम्रो बजार र मूल्य पाएको छ । “उत्पादन बेमौसममा गरे बजार र मूल्य पर्छ । मेरो उत्पादन धेरै फर्मबाटै बिक्ने गर्छ,”उहाँले भन्नुभयो,“सिजनकै बेला सबैले एउटै गरेर डुबेँ भन्ने गरेका छन् ।” कृषि कर्मबाट भण्डारी र परिवार मात्रै सन्तुष्ट छैन । उहाँको फर्ममा दैनिक चार जनालाई रोजगारी मिलेको छ ।
‘बजेटका समस्या सुल्झाउन यस पटक हस्तक्षेपकारी नीति’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बनाउनुभएको छ ।
मेलम्ची पानी चक्रपथबाहिर पनि
काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ ।
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भन्नुभएको छ ।
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताउनुभएको छ ।
‘विकासका लागि मन्त्रालय धाउनै पर्ने बाध्यता छ’
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उर्मिला थेवेले यो सरकारले सबैभन्दा बढी काम गरेको बताउनुभएको छ । ऐन नियमहरू बनाउने काम पनि रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।
भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा
भारत–पाकिस्तानबिचको तनावको असर नेपाल–भारत सीमा क्षेत्रमा समेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो ।
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ ।
उज्यालो बन्यो दुर्गमका अँध्यारा बस्ती
बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् ।
सुशासनको बाटोमा अघि बढ्दै छौँ : मुख्यमन्त्री
चेतनारायण आचार्य विसं २०८१ साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।