उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा यस्ता रोग जनस्वास्थ्यको समस्याका रुपमा देखापर्ने गरेको छ ।
जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्याइने
राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।
‘सरकारी’ आँट देखाएनन् स्थानीय तहले
संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइन्न । केहीले मात्र यसको अभ्यास गरेका छन् ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनुभएको छ ।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
लोपको सँघारमा खरमजुर
नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ ।
कोशी ब्यारेजको विकल्प खोजी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
तेह्र अर्ब सकियो जलसम्पदा कुरूपै
ऐतिहासिक सभ्यता र मौलिक सांस्कृतिक विशेषतायुक्त काठमाडौँ उपत्यकाका नदी र खोलाको सफाइ र सौन्दर्यका नाममा १३ अर्ब रुपियाँ बगिसक्यो तर यी जलसम्पदालाई अझै ढलसरह व्यवहार गरिएको छ ।
अन्योलमै काम गर्न निर्देशन
बाढीपहिरोले क्षतिग्रस्त भएको पाँच महिना बित्न लाग्दा पनि बिपी राजमार्ग पुनर्निर्माण कसरी गर्नेबारे अझै निष्कर्षमा पुग्न सकिएको छैन ।
‘हिउँदमा वर्षा न हिमपात, बढ्न सक्छ सुख्खा र खडेरी’
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान विभागले हिउँदको बाँकी समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो वर्ष हिउँदयाममा पश्चिमी वायुको प्रणाली कमजोर रहेका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपात परेको बताउनुभयो ।
नगर प्रमुख बस्नेतविरुद्ध आठ करोड ६९ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ।
प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ।
चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
बाबुआमासँगै बालबालिका पनि मुगलान
सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् ।
बुकीबाट औल झरे भेडा बथान (फोटो फिचर)
म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटका टिकप्रसाद पुन बुकी क्षेत्रमा पर्ने चालुकेबाट भेडी गोठ लिएर अहिले औल झर्नुभएको छ। हिउँद सुरु भएसँगै चालुकेबाट जाडो छल्न उहाँ भदौ २०/२२ गतेदेखि म्याग्दी र बागलुङको सिमाना गुर्जाघाट, बोङखानी र बोङखानीमा एक महिनाको बसाईँपछि म्याग्दीको रसपुर, सागबारी, आँसिउरन्ने, भोम्सा, डल्ला, खबाङ जङ्गल हुँदै १५ पुसमा च्युरीबोट औल आइपुग्नुभएको हो।
थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो ।
कांग्रेस प्रमुख सचेतकलाई प्रश्न– नीतिगत बहसमा सदन किन कमजोर देखियो ?
नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सांसद मतमा केन्द्रित भएर जनतालाई खुशी बनाउन लाग्दा नीतिगत बहसमा सदन कमजोर देखिएको बताउनुभएको छ।
कुनै प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
जाँगरिला ७६ वर्षीय पलभान, जुत्ता–चप्पल सिलाएर गुजारा
चार कोरीको आसपास पुगेपनि उहाँको जाँगर मरेको छैन । रुकुमकोटमा अझै पनि उहाँ बाटोमा बसेर जुत्ता–चप्पल सिलाउँदै आउनु भएको छ । यो काम गरेको उहाँको २० वर्ष भन्दा बढी भयो ।
मूर्ति खोप्न खप्पिस जेपीको आम्दानी महिनामै लाख
उमेरले करिब चार दशक पुग्नु भएका जेपी मगर मूर्तिकला सम्बन्धी काम गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर घोराही उपमहानगरपालिका–१७ गैरा गाउँमा सृजनशील मूर्ति उद्योग स्थापना गर्नुभएका मगरले मूर्ति बनाएर महिनामा एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
मन्त्री नै झुक्किँदा रोकियो विधेयक
प्रस्तावक मन्त्री नै संसद्को कार्यविधि र प्रचलित अभ्यासमा स्पष्ट नहुँदा प्रतिनिधि सभामा विधायनसम्बन्धी विधेयक पारितको कार्यसूची स्थगन भएको छ ।