काठमाडौँ, वैशाख २४ गते । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गोरखापत्रलदे सबै जनताको मन छुन सक्नेगरी काम गर्नुपर्न बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘‘यसले सबै जाति, जनजाति, सबै संस्कार, संस्कृतिको संरक्षण मात्रै होइन, सम्वर्द्र्धन गर्ने । र यसमा प्रेरित गर्ने कामहरु गरेर राष्ट्रलाई अझ धनी बनाउने कुरामा योगदान गरेको छ । त्यसै मानेमा, एक सय २५ वर्षमा प्रभावकारी बन्न सकोस् । अझै जनताको मन छुन सकोस् । हाम्रो राष्ट्रको विविधतालाई यसले पक्रिन सकोस् । त्यस दिसामा आवश्यक लगानी गर्ने, ध्यान पु¥याउने र यसलाई आवश्यक पर्ने सबै प्रबन्धहरु गर्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।’’
शुभकामना सन्देशको पूर्णपाठ :
गोरखापत्र स्थापना भएको एक सय २५ औँ वर्षको अवसरमा यो नेपालको पहिलो समाचारपत्रको रुपमा प्रकाशित र अहिले पनि विकास गरिरहेको यो अवसरमा म गोरखापत्रलाई हार्दिक शुभकामना र अग्रगतिको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
गोरखापत्रको प्रकाशन नेपालको इतिहासमा मात्र होइन, दक्षिण एसियाकै इतिहासमा पनि यो सुरुमै निस्किएको अहिलेसम्म पाइएको छ । यो निस्कने र प्रचार गर्ने मात्रै होइन, यसले आफ्नो ऐतिहासिकतालाई धेरै महत्वका साथ कायम गरेको छ । यसको प्रकाशन र यसको पाठकहरुले जति फाइदा लिइरहेका छन्, खासगरी संसदीय गतिविधिमा यो उम्दा स्तरमा रहेको छ । संसदमा यसका रेकर्डहरु खोज्दाखेरी पाइरहेका छैनौं । अहिले संसदमा यसको आर्काइभ गर्ने र रेकर्ड कायम गर्ने कुराहरु गर्दाखेरी गोरखापत्रमा यस्ता कुराहरु पाउने र त्यहाँबाट हामीले लिएर गर्नुपर्ने स्थितीमा रहेकोमा यसको महत्व अझ बढी रहेको छ ।
गोरखापत्रले पत्रकारिताको क्षेत्रमा सञ्चार जगतलाई जसरी महत्वका साथ कामहरु गरिरहेको छ, जसरी एउटा जनसरोकारको आम विषय छ, संसद पनि जनताका जनसरोकारको थलो हो र यसमा गरिने बहस, छलफल, यसका क्रिया, प्रतिक्रियाहरुलाई गोरखापत्रले दिएका योगदानहरुले यसको महत्व अलि बढी छ ।
हामी सांसदहरुले गोरखापत्रको विकासलाई, उन्नतिलाई अझ महत्वका साथ हेर्नुपर्छ भन्ने मैले देखिरहेको छु । गोरखापत्र समय अनुसार जसरी अगाडि जानुपर्ने हो त्यसको लागि यसले प्रगति गर्दै आएको छ । यद्यपि, चुनौतीहरुलाई सामना गर्नलाई यसलाई सबैको साथ, सहयोगको जरुरी छ ।
हिजो सुरुवातमा यसले साप्ताहिक रुपबाट त्यसपछि क्रमशः हप्तामा दुई पल्ट, तीन पल्ट गर्दै खासगरी २०१७ साल पछाडि दैनिक रुपमा निस्केको छ र एउटा महत्वपूर्ण कुरा के छ भने यो एक दिन पनि बन्द नभइकन यसले निरन्तर जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि दैनिक रुपमा प्रकाशन भइरहेको छ ।
प्रकाशन सँगसँगै यसले समयअनुसार रंगिन पेजहरु पनि निकाल्ने, विभिन्न भाषाहरुमा यसलाई प्रकाशन गर्ने र विभिन्न क्षेत्रबाट समेत प्रकाशन गर्दै अहिले पनि कोहलपुरबाट प्रकाशिन हुने, विराटनगरबाट प्रकाशित हुने र अहिलेको समयसम्म आउँदाखेरी ४५ भाषामा पनि यसले आफ्ना प्रकाशनहरु अगाडि बढाएको छ ।
यसले सबै जाति, जनजाति, सबै संस्कार, संस्कृतिहरुको संरक्षण मात्रै होइन, सम्वद्र्धन गर्ने । र यसमा प्रेरित गर्ने कामहरु गरेर राष्ट्रलाई अझ धनी बनाउने कुरामा योगदान गरेको छ । त्यसै मानेमा, एक सय २५ वर्षमा प्रभावकारी बन्न सकोस् । अझै जनताको मन छुन सकोस् । हाम्रो राष्ट्रको विविधतालाई यसले पक्रिन सकोस् । त्यस दिसामा आवश्यक लगानी गर्ने, ध्यान पु¥याउने र यसलाई आवश्यक पर्ने सबै प्रबन्धहरु गर्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।
म यो अवसरमा यस संस्थानलाई र यसका सम्पुर्ण व्यवस्थापक, कर्मचारी र प्राविधिकज्यूहरुलाई यो दिसामा अगाडि बढ्नका लागि हार्दिक धन्यवादसहित प्रेरणा प्रदान गर्न सकोस् । शुभकामना व्यक्त गर्न चाहन्छु ।