आठ वर्षदेखि अलपत्र दोदा पुल, १२ करोड लिएर ठेकेदार सम्पर्क विहीन
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।
भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली
नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
मेलम्चीको पानी आउने अनिश्चित
प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।
मिटर-ब्याज सम्बन्धी आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
माओवादी केन्द्रद्वारा तीन हजार अस्थायी आवास निर्माण
भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाका छ वटा स्थानीय तहमा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विश्वलाई शान्तिको अझ बढी आवश्यकता छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले
जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
चिसोले भूकम्प पीडित सुत्केरीको बिजोग
जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलाई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भइरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोई रहने र आफू पनि सुन्निएको विमलाको चिन्ता छ ।
स्रोत शिक्षक पठाउँदै महानगरपालिका
सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षकलाई खुला प्रतिस्पर्धाबाट छानेर स्रोत शिक्षकका रूपमा विद्यालयमा पठाउन लागेको हो । जसका लागि महानगरले ११ जना स्रोत शिक्षक छनोट गरिसकेको छ ।
सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षडयन्त्रमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उहाँको भनाई थियो ।
सङ्घीयता कार्यान्वयनतर्फ हामी सबै लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका साथ सङ्घीयताको सफल कार्यान्वयन गराउनतर्फ हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आम्दानी मनग्य भएपछि मौरीपालनमा रमाउँदै कृषक
नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । महबाट कृषकले मनग्य आम्दानी पनि गरेका छन् ।
शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार विहानैदेखि शतवीज छर्न भक्तजनको भीड लागेको छ ।
पृथ्वी राजमार्गको पश्चिम खण्ड २० किलोमिटर ६ लेनको बन्ने
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाईने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।
मौसम परिवर्तनले निमोनियाकाे सम्भावना बढी हुन्छ: डा. लामिछाने
नेपालमा बालबालिकामा सबैभन्दा बढी हुने स्वास्थ्य समस्या निमोनिया हो । निमोनिया सबै उमेर समूहका मानिलाई हुने चिकित्सक बताउँछन् । बाल रोग विशेषज्ञ डा.मिरा लामिछानेका अनुसार नवजात शिशु, पाँच वर्षका बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई निमोनियाले बढी दु:ख दिन्छ ।
छोराले गरे आमालाई घरनिकाला, श्रीमानको काजकिरियासमेत घरबाहिर नै गर्न बाध्य
गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउनेपानीमा छोराहरूले आमालाई घरनिकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।
एक वर्षमा सक्नु पर्ने पुल सात वर्षसम्म अलपत्र बनाएर ठेकेदार सम्पर्क विहीन
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ ।
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।
संक्रमणकालीन न्यायमा राष्ट्रिय सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ।
नेपालले मानव अधिकारलाई मौलिक हकमा प्रत्याभूत गरेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार सम्बन्धी महासन्धिमा व्यवस्था गरिएका सबै अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ।
नेपालको मानव अधिकारप्रति अन्तर्राष्ट्रिय चासो
नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको १७ वर्ष बित्यो । यो बिचमा गणतान्त्रिक मुलुकसहितको सङ्घीय संविधान प्राप्त भयो । जसले समग्र नागरिकको मानव अधिकारको अधिकतम हित संरक्षण गर्ने सुनिश्चितता गर्यो । यहाँको मानव अधिकारको अवस्थाको चासो अमेरिकादेखि युरोपसम्म घटेको छैन ।
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताउनुभयो ।