टी–२० सिरिजमा नेपाल च्याम्पियन
आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ।
‘बालबालिकाको कुरा सुनिदियो भने डिप्रेसनबाट टाढा राख्न सकिन्छ’
दिक्क लाग्ने, उदासीपन आउने,तनावले गर्दा दैनिक जीवनमा असर गरेमा डिप्रेसन भएको मान्न सकिने डा.ओझाको भनाइ छ । सेरोटोनिन रसायको कमीले गर्दा डिप्रेसन हुने डा.ओझा बताउनुहुन्छ ।
कर्णाली पुलबाट १७ युवाले हामफाले
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् ।
अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैङ्कलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ ।
रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र
ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुननिर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।
छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)
धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
तस्बिरमा वसन्तपुरको होलीको रौनक
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ ।
वसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर)
रङ्गहरूको पर्व होली आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।
छारे भीर छेडेर सडक निर्माण (फोटो फिचर )
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
'होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ'
नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् ।
चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्षको ‘कूटनीतिक नोट’
चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कुटनीतिक (डिप्लोमेटिक) नोट पठाएको छ ।
प्रतिस्थापन विधेयक दर्ता
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयक शुक्रबार प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो । संवैधानिक व्यवस्था अनुसार उक्त विधेयक यही चैत २२ गतेसम्म दुवै सदनबाट पारित र प्रमाणीकरण भइसक्नुपर्ने छ । करिब दुई साताको अवधिमा दुवै सदनमा विधेयक पारित, प्रमाणित र प्रमाणीकरणको चक्र पूरा नभए अध्यादेश स्वतः निष्क्रिय हुने छ । सभामुख देवराज घिमिरेसहितको टोली बुधबार आइपियुमा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गरेको अवस्थामा कम्तीमा एक साता प्रतिनिधि सभाको बैठक बस्ने सम्भावना छैन । अध्यादेशले संशोधन गरेका व्यवस्था हुबहु राखेर विधेयक ल्याइएको छ ।
‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, प्रणाली सुधार्न निर्देशन
यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन्
आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको पाइन्छ ।
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति सम्मेलन सुरु
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।
असुरक्षित सडक यात्रा : वार्षिक दुई हजार बढीले गुमाउँदै ज्यान
गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । गत फागुन ३ गते कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको ज्यान गयो । ३० जना घाइते भए ।
कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
योजना आयोगकाे सदस्यमा चार जना नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे ९ललितपुर०लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
'विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।