• १६ भदौ २०८१, आइतबार

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु ,६ जनाको जीवितै उद्धार

blog

शैलेन्द्र रोकाया 

बझाङ, भदौ ३ गते । बझाङको विकट बुङ्गल नगरपालिका वडा–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । गाउँमा एक्लै रहेको स्थानीय बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामी की श्रीमती  वर्ष ५५ की काली धामी , बुहारी वर्ष २५ की गोल्की  धामी र नातिनीहरू वर्ष ६ की आकृति धामी र वर्ष ३ की लक्ष्मी धामीको पहिरोमा च्यापिएर मृत्यु भएको छ ।

राति सुती रहेको समयमामा घरको माथिबाट पहिरो आउँदा घरमा रहेका अन्य ६ जनालाई स्थानीयहरूले उद्धार गरेर बाच्न सफल भएको भएको प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिनुभयो । 

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय भरत महराले भन्नुभयो , “गाउँबाट दुई किलोमिटर एक्लै घर भएकाले अन्य गाउँका मानिसले समेत घटनाको बारेमा ढिलो थाहा पायौ । घटनाको बारेमा जानकारी पाउना साथ प्रहरीलाई खबर गरेका थियौ । राति भारी वर्षा र अन्य घटनाको समेत जोखिमको सम्भावना भएकाले प्रहरी टोली समेत बिहान मात्र आई पुगेको थियो”।  भिरालो जमिन र जोखिमपूर्ण बसाई भएकाका कारण यो दुर्घटना निम्तिएको समेत स्थानीयको भनाई छ ।

स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको थियो । बिराका छोरा उज्ज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए । उनले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाति र एक बुहारीको जीवितै उद्धार गरिएको थियो । घटनास्थल तर्फ प्रहरी नायव उपरीक्षक भण्डारी सहितको टोली समेत गएको छ ।