डेंगु सङ्क्रमण बढेपछि तनहुँका चार विद्यालय बन्द
डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ ।
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति
नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइलेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ ।
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो
हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार
बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ ।
दुई जना सचिवमा र एक जना एआइजीमा बढुवा
दुई जना सचिवमा र एक जना एआइजीमा बढुवा
मधेश प्रदेशमा पाँच राज्यमन्त्री थपिए : मन्त्रीको संख्या २० पुग्यो
मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
बागलुङ बडिगाड पहिरो : मृतकको सङ्ख्या आठ पुग्यो
सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ ।
आज र भोलि अति भारी वर्षा, ३४ जिल्लामा रात्रिबस चलाउन रोक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ ।
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन
बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।
पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ ।
काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा
काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
आज देशभर वर्षा हुने
हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
चोभारमा पहिरो, हेटौंडा–बल्खु सडक अवरुद्ध
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।
दुई दिन देशव्यापी ठुलो वर्षा हुने
आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।
लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय
सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको हो ।
बङ्गलादेशमा अन्तरिम सरकार बन्ने : सेना प्रमुख
बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ ।
बङ्गलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ ।