हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै निवेदन
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले हिनामिना गरेको करोडौँ रकममध्ये केही रकम बैङ्कले फिर्ता गरेको छ ।
नगर प्रहरी मृत्यु प्रकरणमा एक पक्राउ
दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।
अनलाइन हिंसा रोक्न साइबर सचेतना आवश्यक
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक
इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप
बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना
मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
निजगढ वर्कसप विस्फोट : थप दुईको मृत्यु
निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनुको सङ्ख्या तीन पुगेको छ ।
प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जली
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।
दुर्घटनामा एकको मृत्यु
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।
सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु
निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते
इलामको निर्वाचन क्षेत्र नं. २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा
नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।
राष्ट्रिय सभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
एक करोड एक लाखको क्यान्सर उपचार कोष स्थापना
क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।