• ११ मंसिर २०८१, मङ्गलबार

कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, साउन २० गते ।  नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । 

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । 

यसअघि, २०७९ माघ २६ गते पहिलो पटक शाह मुख्यमन्त्री बन्नु भएको थियो । बहुमत जुटाउन नसकेपछि गत चैतमा उहाँले पदबाट राजीनामा दिनुभएको थियो । 

विश्वासको मत नपाउने निश्चित भएपछि निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिनुभएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।