• १८ साउन २०८१, शुक्रबार

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

blog

अविनाश चौधरी

धनगढी, साउन १८ गते। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ। 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि उहाँले सरकार गठनका लागि आह्वान गर्नुभएको हो।

 प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी राजनीतिक दलको समर्थनमा आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका नियुक्तका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको हो।