माटोको ढिस्कोले पुरिदा दुई बालकको मृत्यु
दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ आन्द्रा भरैया निवासी १२ बर्षीया आशिष चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
धादिङमा दुर्घटना अपडेट : दुई जनाको मृत्यु
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ५ स्थित खाल्टेमा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने चार दशमलव छ मिलियन अमेरिकी डलर अर्थात् करिब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोरद्वारा मुख्यमन्त्रीमा दाबी प्रस्तुत
सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्ति रेशमलाल चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।
पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत
देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।
नयाँ भूमि आयोग गठन नगर्न दिएको अन्तरिम आदेश सर्वोच्चद्वारा निरन्तरता
सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त अइजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको चुनौती
एसीसी प्रिमियर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको चुनौती दिएको छ।
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ ।
भारतमा सवारी दुर्घटना : सात नेपालीको मृत्यु
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो।
लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्स सहभागी हुने
अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
त्रिशूली दुर्घटनाको शोकमा गोरखा : एकै परिवारका पाँच जनाको मृत्यु, एक बेपत्ता
गोरखा नगरपालिका–७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। शुक्रबार मात्र ४० वर्षीय शङ्कर रोकाको काठमाडौँमा असामयिक निधन भएपछि दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त सबै टोली तीन वटा गाडी लिएर गोरखातर्फ जाँदै थियो।
जुगल हिमाल आरोहणको तयारी
जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् ।
राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता
होली पर्वको अवसरमा रङ खेलेर नुहाउने क्रममा सुनकोसीले बगाएर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बजारका तीन बालबालिका बेपत्ता भएका छन्।
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार : इलाममा सुहाङ नेम्बाङ
नेकपा (एमाले) ले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु
मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।
सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
तीन प्रदेश प्रमुखको शपथ हुँदै
मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।