इलाममा मतगणना आज रातिदेखि
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।
इलाममा ५७ प्रतिशत मात्र मत खस्यो
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।
बझाङमा ४३ प्रतिशतले गरे मतदान
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।
इलाममा ५१ प्रतिशत मत खस्यो
अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।
नेपाललाई वेस्ट इन्डिजले दियो २०५ रनको चुनौती
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ।
बझाङमा ३७ प्रतिशतले मतदान गरे
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
इलाममा ४२ प्रतिशत मत खस्यो
इलाम निर्वाचन क्षेत्र–२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो ।
बझाङमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
इलाममा २० प्रतिशत मत खस्यो
आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले दश बजे सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
बझाङमा बिहान ८ बजेसम्म २.५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान ८ बजेसम्म २.५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो कुराको पुष्टि गर्नु भएको हो ।
इलाम २ उपनिर्वाचन: उम्मेदवारले गरे मतदान
इलाम क्षेत्र २ मा मुख्य उम्मेदवारहरूले मतदान गरेका छन् । बिहान ७ बजे देखिनै यस क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
कक्षा १२ को परीक्षा तयारी पूरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै
शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
कतारमा पानी निर्यातको अवसर
नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताउनुभएको छ ।
सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल विरुद्ध २३ करोडको भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारद्वारा विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशन पदमा कार्यरत विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो ।
हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह
हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ ।
आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट
जिल्लाको माथागढी –४, झडेवास्थित मकलेको जामुनडाँडा र गढीबारीमा आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट भएको छ । शनिबार दिउँसो स्थानीय खमीसरा काम्मुको गोठमा लागेको आगो फैलिएर छिमेकी पाँच जनाको घर तथा ६ वटा गोठमा आगो लागेको हो ।
अब्बल सामुदायिक विद्यालय : चाप थेग्न प्रवेश परीक्षा
सामुदायिकको तुलनामा निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन्। तर, तनहुँको सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा अवस्था ठिक उल्टो छ।
एमाले अनिर्णीत हुँदा मुख्यमन्त्रीको दाबी प्रस्तुत भएन
सुदूरपश्चिम सङ्घीय समीकरणमा रहेका दल मिलेर सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले कुनै निर्णय नगर्दा बुधबार साँझसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेन ।
गण्डकी प्रदेश सभाको बैठक आह्वान
गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो ।
खेलकुदका लागि पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ।