• १३ भदौ २०८१, बिहिबार

हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी

काठमाडौँ, भदौ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ । बिहीबार वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षासम्बन्धी कार्यक्रममा बोल्नुहुँदै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गर्नुभयो । उहाँले नेपालका पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियमभन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको जिकिर गर्नुभयो ।

महानिर्देशक अधिकारीले नेपाली पाइलटहरूले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गर्नुभयो । उहाँले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवी पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जङ्गलमा ठोकिएर भएको बताउनुभयो । उहाँले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरूले पालना नगरेको धारणा औँल्याउनुभयो ।

उहाँले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरूको हवाई दुर्घटनामा मृत्यु भएको बताउनुभयो । उहाँले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गर्नुभयो । उहाँले हवाई सञ्चालकहरू पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले सेयर होल्डरले उडान नगरभन्दा रेगुलेटरविरुद्ध सर्वोच्च पुगेकाले ठुलो क्षति हुन पुगेको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो दुई वर्षमा धेरै सेयर होल्डर पाइलटहरू हेलिकोप्टर दुर्घटना भएर मृत्यु भएको भन्दै यसको जिम्मा कसले लिने ? भन्दै सञ्चालकहरूलाई प्रश्न गर्नुभयो । उहाँले सेयर होल्डरले हेलिकोप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति सेयर होल्डर पाइलटहरू दुर्घटनामा परेकाले सञ्चालकहरूले सोच्न आवश्यक रहेको बताउनुभयो ।

महानिर्देशक अधिकारीले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान खोज्दा   भएको भन्दै अन्य कुनै समस्या नभएको बताउनुभयो । उहाँले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधी अन्य ठाउँमा लगाई रहेको बताउनुभयो ।

उहाँले लगानीकर्ताले हेलिकोप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरू तयार हुन आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सञ्चालकहरूले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।