सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ ।
सुनखानी नजिकै आदिवासीको लडाइँमा २० जनाको मृत्यु
पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
परराष्ट्रमन्त्री डा. राणा क्यानडा प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।
धोबीखोलामा ट्याक्सी खस्यो
काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा एउटा ट्याक्सी खसेको छ ।
ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का
ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
बझाङमा भूकम्पको धक्का
बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा बिहीबार भूकम्प गएको छ ।
वित्तीय अपचलन गरी विदेश फरार २७ जनाको खोजी गर्न गृहलाई निर्देशन
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बेगनासमा मोटरबोट रोक्न उच्चको परमादेश
कास्कीको पोखरा महानगरपालिकामा रहेको बेगनास तालमा मोटरबोट चलाउन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ ।
जापानिज इन्सेफलाइटिसबाट १४ को मृत्यु, ६१ जना सङ्क्रमित
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ
जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
सुदूरका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक अवरुद्ध
तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने चार वटा मुख्य सडक भीमदत्त लोकमार्ग, दशरथचन्द लोकमार्ग, जयपृथ्वी लोकमार्ग र महाकाली लोकमार्गका ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ ।
बागलुङ जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढामगरको शव फेला परेको छ ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ
कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सल्यानमा बोलेरो दुर्घटना पाँच घाइते
सल्यानमा बलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्। शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश कार्यालय सल्यानको क प्र. ०२००१ झ ००३५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
झण्डै दुई करोड भ्रष्टाचार आरोपमा इन्जिनियरविरुद्ध मुद्दा
लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
पानीमा भेटियो कोलिफर्म
काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।
खुल्यो कित्ताकाट
स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।
पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा : केही बेर झडप
निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ ।