• ११ असोज २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, तीनजना गम्भीर घाइते

blog

सिराज खान

नेपालगन्ज, असोज २ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका ४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर दुईजनाको मृत्युु भएको छ।

सोही दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको यामाहा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको  होण्डा मोटरसाईकल बुधबार बेलुका एक आपसमा ठोक्किएका थिए।

उहाँले सो दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनामध्ये भे १२ प ३१९५ नमबरको मोटरसाईकल चालक राप्ती सोनारी ४ बैजापुरका रामशरण थारुको उपचारका लाग लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने भे १२ प ४८२८ नम्बरको मोटरसाईकल चालक राप्ती सोनारी ३ खैरेनीका  बसन्त थारुको उपचारको क्रममा केही बेरअघि मृत्यु भएको बताउनुभयो ।

सो दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै  मोटरसाईकलमा सवार खैरेनी बस्ने  संजय थारु, संगिन थारु र अजय थारुलाई गम्भीर चोट लागेकाले उनीहरुको उपचार नेपालगन्जस्थित नरसिंगहोममा भईरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जनाउँदै कोहलपुर ईलाका प्रहरी कार्यालयले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।