‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो ।
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रु.. चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल
वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
कांग्रेस नेता महर र नोबेल पुरस्कार विजेता काजिताबिच भेटवार्ता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवम् नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गर्नुभएको छ ।
एकताबद्ध हुन संयोजक दाहालको अपिल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।
लोप हुने अवस्थामा हात्तीपोलो
नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।
पशुपतिनाथमा धनुर्मास पूजा
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ ।
‘लेखिनु पर्छ भोगाइका कथा’
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जति काम गरे पनि बाहिरबाट आलोचना मात्रै हुने गरेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको खर्च ९.८५ प्रतिशत मात्रै
बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ विनियोजन गरिएको छ ।
वैदेशिक रोजगारीमा ठगी रोक्न नयाँ कार्यक्रम
सरकारले वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूमातहतका विभाग, देशभरका ७५३ पालिकामा रहेका रोजगार केन्द्रमार्फत ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘हेल्प अस टु हेल्प यु’ ‘१० प्रश्न’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले खोजेका प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ ।
पूर्वप्रशासकद्वय कार्कीलाई धरौटी सुविधा
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ ।
सहकार्यमा बनेका नमुना वाटिका
सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
जेनजी घाइते तीन जनाको डा. रुइतसँग उपचार
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
निर्वाचन निर्देशिका तथा कार्यविधिको तयारी तीव्र
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीन वटा निर्देशिकाको मसौदा तयार भइरहेको आयोगले जनाएको छ ।
सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
कर्मचारी सेवक बने सुशासन
सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम हुन्छ । अहिले कतिपय कार्यालयमा सेवा लिन जाने क्रममा कर्मचारीले शासकको व्यवहार प्रस्तुत गर्दा प्रभावकारी सेवा पाउनबाट सेवाग्राही वञ्चित भएको र त्यसको असर सरकारमा पर्दै आएको छ ।