• २७ चैत २०८२, शुक्रबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

blog

काठमाडौँ,  चैत  २७ गते ।  स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा ८५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९६० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस