हक्कीको राष्ट्रिय टिम र जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय हक्की टिम र खेलाडीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ०७ पैसा र बिक्रीदर १४८ रुपियाँ ६७ पैसा तोकिएको छ ।
चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ ।
मापदण्ड पूरा नगरेका कन्सल्टेन्सी ‘सिल’
काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित दुई वटा एजुकेसनल कन्सल्टेन्सी (शैक्षिक परामर्श कम्पनी) मा सिल गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोक, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालयको टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा अवैध रूपमा सञ्चालित दुई वटा कन्सल्टेन्सीमा सिल गरिएको हो । एकाइ प्रमुख सविता दङ्गालले अवैध रूपमा सञ्चालित एसएसडब्लु निहोन ड्रिम सेन्टर र ग्रिन माउन्टेन एजुकेसन कन्सल्टेन्सीलाई सिल गरिएको बताउनुभयो । “अनुगमनका क्रममा दुई कन्सल्टेन्सीले नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ र प्रदेश सरकारले जारी गरेको निर्देशिका, २०७९ मा उल्लेख भएको मापदण्ड पूरा नगरेको पाइएकाले ती दुई संस्थामा सिल गरेका हौँ,” एकाइ प्रमुख दङ्गालले भन्नुभयो ।
सेनाको गोली लागि गैँडा मर्यो
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर एक गैँडाको मृत्यु भएको छ। निकुञ्ज गस्तीका क्रममा आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो।
परराष्ट्रमन्त्री खनालसँग तीन देशका विदेशमन्त्रीको भेटवार्ता
वौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
भाटभटेनीको भरतपुर शाखा पुनः सञ्चालन
जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखाले शुक्रबारदेखि सेवा पुनः सुरु गरेको छ । जलेर पूर्ण रूपमा नष्ट भएको भाटभटेनीलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरेका छौँ,” उहाँले थप्नुभयो, “नयाँ सेवा सुरु हुँदै गर्दा विगतको भन्दा पनि परिष्कृत भएर सेवा दिने प्रण गरेका छौँ ।” यो शाखामा मात्रै झन्डै एक अर्ब रुपियाँ बराबरका क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।
ई. पेन्सन प्रमाणीकरण : साढे तीन लाख सेवाग्राहीलाई सहज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ई. पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गर्नुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गर्नुभएको हो ।
आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडिबीको प्रक्षेपण
एसियाली विकास बैङ्क (एडिबी) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो । एडिबीको एसियाली विकास परिदृश्य, अप्रिल २०२६ मा त्यस्तो प्रक्षेपण गरिएको हो । ‘गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवं पश्चिम एसियामा जारी द्वन्द्वको प्रतिकूलताका कारण सन् २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने’ नेपालका लागि एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभयो ।
मल आपूर्ति सहजीकरणका लागि आग्रह
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्री चौधरीसँग गर्नुभएको शिष्टाचार भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।
आरोहणको पर्खाइमा चौसट्ठी देशका आरोही
यस वर्षको वसन्तयाममा सगरमाथालगायतका हिमाल आरोहणका गर्न नेपालसहित ६४ देशका ५४४ पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित २३ वटा हिमाल आरोहण गर्न ६९ समूहका ५४४ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा १४१ महिला र ४०३ जना पुरुष छन् । वसन्तयाममा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि यस वर्ष ४३ जना महिला र १६१ पुरुष गरी २०४ जनाले अनुमति लिएका छन् । यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ४१ देशका आरोही आरोहणको तयारीमा रहेको विभागले जनाएको छ ।
प्रतिनिधि सभा विषयगत समिति गठन
प्रतिनिधि सभाको नियमावली तर्जुमा प्रक्रिया जारी रहेकै अवस्थामा विषयगत समिति गठन भएका छन् । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार नै समिति गठन भएका हुन् । विषयगत समिति १० वटा रहेका छन् । नियमावली संशोधनको प्रक्रिया भने जारी छ । यसअघिकै व्यवस्था अनुसार १० विषयगत समिति गठन भएका हुन् ।
सञ्चार माध्यमलाई उत्तरदायी बनाइने
नेपाली मूलधारका सञ्चार माध्यमका सम्पादकले मिडियामा प्रकाशित गर्ने समाचार लैङ्गिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन ओमन) बेजिङ ३० लगायत चार संस्थाले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा १० मिडियाका सम्पादकले लैङ्गिकयुक्त समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
संसद् अधिवेशन अन्त्य
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी सदनमा शुक्रबार दिइएको थियो ।
समृद्धिका लागि एकताको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फुटेर नभई जुटेर तथा विगतका कटुताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
नयाँतिर चहलपहल, पुरातात्त्विक ओझेलमा
“चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारणस्थित बिहार सरकारले आफ्नो प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मानेको छ । बिहारभरिका सबै विद्यालयलाई अनुदान दिएर विद्यार्थीलाई अनिवार्य वाल्मीकि आश्रमको अवलोकन भ्रमणका लागि पठाउँछ । भैँसालोटनलाई वाल्मीकि नगर बनाएर प्रचार गरिरहेको छ । विगतमा त्रिवेणी भनेर नेपाली भूमि कहलिन्थ्यो, आज बिस्तारै यहाँको सौन्दर्य भारततिर उन्मुख भइरहेको छ,” त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका यी कुराले भारतले वाल्मीकि आश्रमलाई कति महìव दिएको छ भन्ने छर्लङ्ङ हुन्छ ।
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित पक्राउ
वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् ।
आदिबासी समुदायको सशक्तिकरणमा कार्यक्रम लक्षित गर्न सुझाव
डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजनाको राष्ट्रिय सञ्चालन समिति (एनएससी) को बैठक शुक्रबार सम्पन्न भएको छ । एनएससीका सहअध्यक्ष नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोलाई बधाई तथा निवर्तमान सहअध्यक्ष तथा नेफिनको निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पालाई धन्यवादसहित विदाई गरिएको छ ।
सुरु भयो बिस्का जात्रा
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्कास् अर्थात् बिस्केट जात्रा शुक्रबारबाट सुरु भएको छ ।
बालअधिकारका विषय नीति, कार्यक्रम र बजेटमा समेट्न ३४ बुँदे सुझाव
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसमक्ष बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालअधिकारसम्बन्धी ३४ बुँदे समावेश गर्न सुझाव दिएको छ ।
उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्रीहरूले लिनुभयो शपथ
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
'प्रतिशोधको राजनीतिले समृद्धि सम्भव छैन'
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले राज्य सञ्चालनमा प्रतिशोध र पक्षपातको भावना हाबी भए मुलुक कहिल्यै समृद्ध बन्न नसक्ने बताउनुभएको छ।