सेतो लुगा (कथा)
ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास
प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ ।
जीवनबोध छर्दै छु दुप्चेश्वरको पहरोमा !!
पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।
शीतलहरबाट जोगिन सचेतना जरुरी
देशव्यापी चिसो बढेसँगै तराई भूभागमा केही दिनयता लगातार शीतलहर चलिरहेकाले आमनागरिकको जीवन सहज बनाउने भूमिका निर्वाह गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायमा अपिल गरेको छ ।
साँगा–धुलिखेल सडकको म्याद थप
अरनिको राजमार्गको विस्ताराधीन सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगा–धुलिखेल खण्डको काम निर्धारित समयभित्र नसकिएपछि एक वर्ष म्याद थपिएको छ ।
छाक टार्न राप्ती बगरमै सङ्घर्ष
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुमवासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित
राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।
प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । व्यक्तिको जग्गा प्रसारण लाइनको मार्गाधिकार (राइटअफ वे) मा परेकोभन्दा बढी जग्गासमेत कित्ताकाट रोकिँदा जग्गाधनीको जग्गा बन्धक जस्तै बनेको समस्या यो सुधारले हटाउने भएको छ ।
रासायनिक मल आयातका लागि बिस अर्बको स्रोत सहमति
अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेकोमा २० अर्ब ४७ करोड रुपियाँको स्रोत सहमति दिएको हो ।
खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड मापदण्डविपरीत
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।
निर्जीवन बिमा कम्पनीको व्यापार पाँच महिनामा उन्नाइस अर्बभन्दा बढी
अर्थतन्त्रमा देखिएको शिथिलताका बिच निर्जीवन बिमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै कम्पनीको प्रिमियम सङ्कलन १९ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक संवादमा सरकार
सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ भने आज निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने छ ।
यातायात कार्यालयबाट चौध जना बिचौलिया पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ ।
गृह अन्तर्गतको दरबन्दी स्वीकृत
सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
उपचारमा नआउँदा जीवनभर औषधी
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
करारका कर्मचारी हटाउँदा सेवा ठप्प
कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिनियर, एम्बुलेन्स चालक, पालिकास्तरीय अस्पतालका नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी हटाउँदा उक्त निकायबाट प्रदान गरिने सेवै ठप्प भएको हो । सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिरका करारका कर्मचारी हटाउन तिनै तहका सरकारलाई आग्रह गरेपछि अहिले कतिपय स्थानीय तहमा करारका कर्मचारी हटाउँदा दैनिक अत्यावश्यक सेवा ठप्प भएका हुन् ।
आयोग पदाधिकारीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ का पदाधिकारीविरुद्धको रिट खारेज गरेको छ । सर्वोच्चको पूर्ण इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । पूर्ण इजलासले निर्देशनात्मक आदेश लिखित रूपमा भने सार्वजनिक गरेको छैन ।
राज्यको ओतमा ज्येष्ठ नागरिक
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार मनाइयो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकाले राज्यले हरेक क्षेत्रमा उनीहरूप्रति सम्मानसहित सेवा सुविधा थप्ने प्रयत्न गर्दै आएको छ ।
जेनजी पुस्तालाई परिपक्व र जिम्मेवार बन्न आग्रह
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका सबै खाले मानकहरूमा परिपक्व बन्दै सबै क्षेत्रमा खरो र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनुभएको छ।