पेट्रोलियम पदार्थको आयात बढ्यो
खपत बढेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म एक खर्ब तीन अर्ब रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब एक अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । जुन समीक्षा अवधिमा दुई अर्ब रुपियाँबराबरको आयात बढी हो । पाँच महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यासको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
दुई होटेलको आइपिओ आउने
दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् ।
बुढानीलकण्ठ मन्दिर विश्वसम्पदा सूचीमा पार्न पहल
बुढानीलकण्ठ नगरपालिका–३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको हो ।
समानुपातिकको सूची बनाउन कांग्रेसको मापदण्ड
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा विलम्ब
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्धारित समयमा सञ्चालन नहुने भएको छ । पुसदेखि सञ्चालन गरिने भनिएको सो सुरुङमार्गको पश्चिमी ‘पोर्टल’ को काम अझै सुरु हुन सकेको छैन । पहिरो गइरहने पश्चिमी ‘पोर्टल’ निर्माणका लागि अझसम्म डिजाइन स्वीकृत हुन सकेको छैन । त्यसै गरी सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट हुन सकेको छैन ।
स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
समानुपातिकतर्फको बन्दसूची भोलिसम्म
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् ।
ऐन कागजमा, अस्वस्थ मासु भागमा
नयाँ चोक, नयाँ सडक र नयाँ बस्ती देखिनेबित्तिकै किराना र मासु पसल खुलिहाल्छन् । मासु पसल खोल्न केही थान औजार, एउटा बोर्ड र मासु काट्ने अचानो भए पुग्छ । नेपालमा मापदण्ड नै नपुगेका हजारौँ मासु पसल सञ्चालनमा छन् । उनीहरूले न्यूनतम मापदण्डसमेत पूरा गरेका हुँदैनन् । त्यस्ता पसलबाट अस्वस्थ्य मासु उपभोक्ताले भोजन गरिरहेका हुन्छन् ।
रवि–बालेनबिच सात बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ ।
मितेरी पुल पुनर्निर्माणपछि रसुवागढी नाका खुल्दै
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
नेताहरुमाथिको स्थान हद हटाउनु स्वागतयोग्य : नेता बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई सकारात्मक र स्वागतयोग्य भन्नुभएको छ ।
‘काँग्रेसले पुस २८ भित्र विशेष महाधिवेशन बोलाउनैपर्छ’
कानून व्यवसायीहरूले नेपाली काँग्रेसले विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
‘महासंघको संस्थापक अध्यक्षको इतिहास स्थापित गराउन लाग्छु’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सूचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको बताउँदै उहाँले संस्थापक अध्यक्षको इतिहास स्थापित गराउनमा आफूले पनि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको छ ।
करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, आठ सयलाई प्रशिक्षण
नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ ।
गोरखापत्र सहकारीको १९ औं साधारणसभा सम्पन्न
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिबार यहाँ सम्पन्न भएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।
हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड
हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल हुँदै
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ ।
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ ।
रमणीय हेटौँडाको टोनी हेगन पार्क (फोटो फिचर)
हेटौँडा उपमहानगरपालिका–१० अन्तर्गत बसपार्क टीसीएन क्षेत्रमा निर्माण गरिएको टोनी हेगन पार्क पछिल्लो समय रमणीय तथा आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
वर्षभन्दा दिन लामो रहस्यमयी उल्टो ग्रह शुक्र
सौर्यमण्डलमा अवस्थित आठ वटा ग्रहको आफ्नै विशेष प्रकारको आकृति संरचना एवं विशिष्टता रहेको छ । यी आठ वटा ग्रहमध्ये पनि सूर्यबाट दुरीका आधारमा दोस्रो ग्रह शुक्र अत्यधिक रहस्यमय एवं अन्य ग्रहको प्रकृतिभन्दा निकै पृथक् रहेको पाइन्छ ।
सेतो लुगा (कथा)
ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास
प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ ।
जीवनबोध छर्दै छु दुप्चेश्वरको पहरोमा !!
पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।