अस्थायी मतदाता सङ्कलन सुरु गरिने
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ ।
आर्मीले जित्यो लिनिङ बास्केटबल उपाधि
लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनुभयो ।
जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?
“हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुवा भीमबहादुर भन्नु हुन्छ, “अब हामीले पाउने सान्त्वना के होला रु” गोरखा पालुङ्टार नगरपालिका–३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।
सुत्केरीमा प्रसव फिस्टुलाको पीडा : कसरी हुन्छ उपचार ?
यकिन तथ्याङ्क नभए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय महिला यो समस्याबाट पीडित छन् ।
प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नयाँसम्मका पुस्तक प्रदर्शनी
‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे ।
आज पनि बढ्यो सुनचाँदीको मूल्य
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
साहित्यसँग सहकारी र पर्यटनलाई जोड्ने प्रयास
सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था पनौती–१ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटनको बारेमा बृहत अन्तरक्रिया गरिएको छ
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
मवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
सिन्धुपाल्चोकमा कफीबाट भित्रियो तीन करोड
कफी बिक्रीबाट सिन्धुपाल्चोकमा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने जनाइएको छ । जिल्लाभरका किसानले वार्षिक उत्पादन गरेको कफीबाट उक्त रकम बार्षिक रुपमा भित्रिदै आएको कफी सहकारी संघ लिमिटेड सिन्धुपाल्चोककी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो ।
सडक विस्तार प्रभावितलाई सहुलियत ऋण माग
हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन हेटौँडाले डोजर लगाएपछि प्रभावित भएका घरधनी र व्यवसायीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य
‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’
नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ ।
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्
पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् ।
आज तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ ।
अधिकारीलाई प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार
गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारी शनिबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभएको छ ।
बिमा क्षेत्र : जोखिम वहन क्षमतामा सुधार
विभिन्न समयमा आएको भीषण बाढी र जेनजी आन्दोलनले नेपालको बिमा क्षेत्रलाई प्राकृतिक र मानवनिर्मित जोखिमको दोहोरो दबाबमा राख्दै जोखिम वहनको क्षमता पनि बढाइरहेको देखिएको छ । एकातिर बाढीपहिरोले निर्जीवन बिमामा दाबीको चाप अस्वाभाविक रूपमा बढायो भने अर्कोतिर आन्दोलनपछिको तोडफोड, आगजनी र अवरोधले दङ्गा–आन्दोलनसम्बन्धी कभरेज, पोलिसी अपवाद र दाबी व्यवस्थापन प्रणालीको सक्षमताको परीक्षण भएको छ । यी घटनाक्रमले बिमा क्षेत्रको जोखिम वहन क्षमता, उपभोक्ता विश्वास र दीर्घकालीन स्थायित्वमाथि गहिरो बहस जन्माएको छ ।
गोरखापत्र सहकारीको नाफा बढ्यो
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाफा बढेको छ । संस्थाको शनिबार आयोजित १९ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८४ हजार ३७९ रुपियाँ नाफा भएको उल्लेख छ । संस्थाले त्यसअघि आव २०८०/८१ मा एक लाख ७५ हजार ३४३ रुपियाँ नाफा आर्जन गरेको थियो ।
होटेल तथा रेस्टुरेन्ट मापदण्डविपरीत
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।
पेट्रोलियम पदार्थको आयात बढ्यो
खपत बढेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म एक खर्ब तीन अर्ब रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब एक अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । जुन समीक्षा अवधिमा दुई अर्ब रुपियाँबराबरको आयात बढी हो । पाँच महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यासको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
दुई होटेलको आइपिओ आउने
दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् ।
बुढानीलकण्ठ मन्दिर विश्वसम्पदा सूचीमा पार्न पहल
बुढानीलकण्ठ नगरपालिका–३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको हो ।