यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
खुल्यो रसुवागढी नाका, नेपाली ट्रकचालक केरुङ जान सुरु
करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
अनुदानको मल वितरण सूचना प्रणाली प्रयोगमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद तथा बिक्रीवितरणलाई व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ । कृषकलाई अनुदानमा वितरण गरिने मलको खरिद तथा बिक्रीवितरण कार्यलाई थप व्यवस्थित एवं पारदर्शी बनाउन सो सूचना प्रणाली प्रयोगमा ल्याइएको हो ।
नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाइने
वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ । विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु¥याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
काठमाडौँमा ‘हाम्रो प्रहरी’ अभियान
शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी–नागरिकबिचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ ।
भवन टालटुल गरेर सेवा
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका प्रशासनिक भवनको कतै टालटुल त कतै भाडाकै घरबाट स्थानीय तहको सेवा प्रवाह भइरहेको छ ।
टेरामक्स प्रकरण : विशेषले सर्वोच्चसँग माग्यो आदेशको प्रतिलिपि
विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी रिटमा सर्वोच्चले जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विपक्षी रहेको उक्त मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले विवादसँग सम्बन्धित रिटमा सर्वोच्चले जारी गरेको आदेश माग गरेको हो । दूरसञ्चार प्राधिकरणले खरिद प्रक्रिया रद्द गरेको अवस्थामा सर्वोच्च अदालतले प्रक्रिया पुनः प्रारम्भ गर्न आदेश गरेको थियो ।
निर्वाचन आचारसंहिता : उल्लङ्घनकर्ताले तिरेनन् जरिबाना
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ । आयोगले आचारसंहिता कठोरतापूर्वक पालना गर्ने चेतावनी दिइरहँदा विगतको निर्वाचनमा आचारसंहिता उल्लङ्घनको घटनामा संलग्नलाई आयोगले तोकेको जरिबाना र गरेको कारबाहीको पालना भएको छैन । आयोगले जरिबाना तोकेकामा राजनीतिक दलका उम्मेदवार, स्थानीय निकायका पदाधिकारी, प्रदेशका मन्त्री, विद्यालयका प्रधानाध्यापकसहित सरकारी निकायका उच्चपदस्थ कर्मचारी छन् ।
अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन
निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो ।
तीन दलले बुझाए समानुपातिकतर्फको बन्दसूची
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
जसपा नेपाल र लोसपा नेपाल एकीकरण गर्ने निर्णय
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बिच एकीकरण गर्ने निर्णय भएको छ ।
हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो।
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ ।
आपङ्गता भएकाहरूको आवाज मिडियामा समेट्न माग
अपाङ्गता भएका आदिवासी जनजाति, सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले अझै प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ ।
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ ।
राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग
नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा
नेपाल राष्ट्र बैँकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।
निर्वाचन आचारसंहिता स्वीकृत
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ ।
अस्थायी मतदाता सङ्कलन सुरु गरिने
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ ।
आर्मीले जित्यो लिनिङ बास्केटबल उपाधि
लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनुभयो ।
जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?
“हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुवा भीमबहादुर भन्नु हुन्छ, “अब हामीले पाउने सान्त्वना के होला रु” गोरखा पालुङ्टार नगरपालिका–३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।