वनस्पतिविज्ञ श्रेष्ठलाई उत्तम शान्ति पुरस्कार
प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ समर्पित गरिने भएको छ । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि एक लाख रुपियाँ राशिको ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइरहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २५ पैसा र बिक्रीदर १५३ रुपियाँ ८५ पैसा निर्धारण गरिएको छ ।
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
एमालेमा फेरिँदै शक्ति सन्तुलन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन सुरु भएको छ । एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा पर्नुभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा (एमाले) को औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइनुभयो । यो दृश्यलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिको सङ्केतका रूपमा हेरिएको छ ।
आठ वटै अध्यादेश निर्णयार्थ पेस गरिने
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले सरकारले पेस गरेको आठ वटै अध्यादेश यसै साता निर्णयार्थ पेस गर्ने गरी सभाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभामा सत्तापक्षको प्रतिनिधित्व नरहेको र प्रतिपक्षी दलले अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएको अवस्थामा सभाले निर्णयार्थ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।
विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो ।
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा सङ्घीय कानुन लागु हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ । डा. जगदीश जोशीविरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमसमेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो । संयुक्त इजलासले सङ्घीय र प्रदेश कानुनको असङ्गति देखाई बढुवामा सङ्घीय कानुन लागु हुने नजिर स्थापित गरेको थियो । पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो ।
हटेन टुकुचाको अतिक्रमण
काठमाडौँ महानगरको हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला (इच्छुमती) को बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू हटाउन सकिएको छैन ।
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान
कान्स फिल्म फेस्टिभलको ७९ औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल शनिबार फ्रान्स प्रस्थान गर्नुभएको छ।
पार्टीभित्र समझदारी बनाउन खोज्दा सदस्यता अद्यावधिक नगर्ने लहर चलाइयो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा देखिएको विवाद समाधानका लागि आफूले निरन्तर कोसिस गरिरहेको बताउनुभएको छ।
नागरिकको अधिकार र आत्मसम्मानमा कांग्रेसले सम्झौता गर्दैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ।
राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताउनुभएको छ ।
‘उच्च रक्तचाप नियन्त्रण गर्न नियमित जाँच गरौँ’
उच्च रक्तचापलाई नियन्त्रणमा राख्न नियमित जाँच गर्न आग्रह गरिएको छ ।
सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ।
एनएसएलले फुटबललाई नयाँ उचाईमा लैजान्छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने बताउनुभएको छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन गर्ने कांग्रेसको प्रतिबद्धता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आदिवासी, जनजातिको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
तीन प्रदेशका केही स्थानमा वर्षा, पार्नी पार्ने प्रणाली पूर्वतर्फ सर्दै
मौसम पूर्वानुमान महाशाखाकाअनुसार मधेसमा विकसित पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै गएको छ ।
प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान
प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
एसियन गेम्स छनोट : महिला क्रिकेट टोलीको बिदाइ
मलेसियामा मे २३ तारिखदेखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
चाँगुनारायण नगरपालिका–५, छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीन सय वर्ष पुरानो एक महिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ ।
स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो
नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ ।
बागमतीमा मन्त्रालय गाभिँदै : सङ्गठन तथा दरबन्दी यकिन गर्न सचिवको नेतृत्वमा समिति
बागमती प्रदेश सरकारले मन्त्रालयहरु गाभ्ने भएपछि प्रदेश सरकारका लागि आवश्यक सङ्गठन तथा दरबन्दी यकिन गर्न समिति गठन गरिएको छ ।
यौनिक अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन जोड
यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा सहभागी गराउने भन्ने विषयमा सरोकारवालाबिच छलफल भएको छ ।
काभा महिला भलिबल : निरुताको कप्तानीमा नेपाली टोलीको घोषणा
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहल कोर्टमा जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ ।