शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ,चैत ३० गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गर्नुभएको छ ।
यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुख द्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभएको हो ।
त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ । रासस