यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ ।
पूर्वप्रशासकद्वय कार्कीलाई धरौटी सुविधा
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ ।
सहकार्यमा बनेका नमुना वाटिका
सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
जेनजी घाइते तीन जनाको डा. रुइतसँग उपचार
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
निर्वाचन निर्देशिका तथा कार्यविधिको तयारी तीव्र
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीन वटा निर्देशिकाको मसौदा तयार भइरहेको आयोगले जनाएको छ ।
सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
कर्मचारी सेवक बने सुशासन
सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम हुन्छ । अहिले कतिपय कार्यालयमा सेवा लिन जाने क्रममा कर्मचारीले शासकको व्यवहार प्रस्तुत गर्दा प्रभावकारी सेवा पाउनबाट सेवाग्राही वञ्चित भएको र त्यसको असर सरकारमा पर्दै आएको छ ।
नवीनबाबु गुरूङको ड्रोन फोटो प्रदर्शनी हुँदै
नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ड्रोनबाट खिचिएका तस्बिरको विशेष फोटो प्रदर्शनी हुँदैछ।
निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।
समाजसेवी क्षेत्रीद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग
युवा अपाङ्ग सङ्गठन नेपालको संयोजनमा समाजसेवी मधु क्षेत्रीले अपाङ्गता भएका व्यक्तिलाई स्वरोगजगार बन्न सहयोग पुर्याउने उद्देश्यले एक लाख पचास हजार रुपियाँ बराबरको विभिन्न सामग्री हस्तान्तरण गर्नु भएको छ ।
नवौँ केएनपी राष्ट्रिय महिला भलिबल यसै महिना
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।
सत्यनारायणबहादुर श्रेष्ठ सम्मान कर्माचार्य र अधिकारीलाई
पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुने भएको छ ।
रक क्लाइम्विङमा पहिलो पटक टोपो म्यापको सुरुवात
भिर पहरा आरोहण स्थलको सहजताका लागि नेपालमै पहिलो पटक टोपो म्याप निर्माण सुरु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा म्याप निर्माणको काम सुरु गरेको हो।
एमाले निर्वाचन विरोधी होइन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
तस्बिरमा प्रथम तमू फोटो प्रतियोगिता
तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ।
देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने
हिन्दु धर्माबलम्बीहरुको प्रमुख धार्मिक क्षेत्रको रूपमा परिचित देवघाटघाम क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
त्रिविकाे ५१ औँ दीक्षान्त समारोह
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।
चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ
प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
एक सय २० जना वृद्धवृद्धाको मोतीविन्दुको शल्यक्रिया
सिन्धुपाल्चोकको ग्रामीण भेगका एक सय २० जना वृद्धवृद्धाहरूको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ । सुनकोसी इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजनमा सञ्चालित चार दिने शिविरमा उनीहरुको दृष्टि फर्किएको हो ।
महिला पत्रकारलाई संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम
क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उद्देश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ ।
भुटनदेवी मावि सामाजिक सुरक्षा कोषमा आबद्ध
विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो ।
चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।