चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।
पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै
चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।
प्रदेश सभा र लेखा समितिको निर्देशन उल्लङ्घन
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा र प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनलाई उल्लङ्घन गर्दै प्रदेशको मन्त्रालयका संरचना र कार्यालय थप गर्दै गएको पाइएको छ । प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले खर्च कटौती गर्न र आर्थिक मितव्ययिता कायम गर्नका लागि यसअघि पटक पटक दिएको निर्देशनलाई प्रदेश सरकारले अवज्ञा गरेको ठहर गरेको हो ।
‘क्रिसमस डे’ राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
‘हात्तीलाई दौडाउदा यातना होइन व्यायाम हुन्छ’
पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासमा सकरात्मक प्रभाव परेको छ ।
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताउनुभएको छ ।
युवापुस्तामा क्रिसमसको रमझम
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौँलगायत देशका ठुला सहरमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमसको रौनकसँगै यसको मनाउने तौरतरिकामा भने तडकभडक देखिन थालेका छन् । सबैतिर झिलिमिली बत्तीमा सजिएका ‘क्रिसमस ट्री’ र ‘सान्टा क्लज’ को राता लुगाको पहिरनमा अधिकांशले ‘हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । दसैँ, तिहार, इद जस्ता चाडमा रमाउनेहरू अब क्रिसमसमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् ।
‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा कायम भएको छ ।
टेलिकमले ल्यायो वाइफाई सिक्स
नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ ।
ग्लोबल आइएमईले साना उद्यमीलाई सघाउने
ग्लोबल आइएमई बैङ्क र डिएआई उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने भएको छ । बुधबार सम्पन्न यससम्बन्धी सम्झौता अनुसार डिएआई उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउने छन् ।
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
मुद्दामा थप साठी सांसद सरिक हुने
प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा थप ६० सांसदलाई सरिक हुने अनुमति सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उहाँहरूलाई मुद्दाको कामकारबाहीमा सरिक हुन दिने आदेश गरेको हो । नेपाली कांग्रेसका ५७ तथा अन्य दुई दल र एक स्वतन्त्र गरी विघटित प्रतिनिधि सभाका ६० सांसदले मुद्दामा सहभागी हुनका लागि मङ्गलबार पूरक निवेदन दिएका थिए ।
नेपाली कांग्रेस बैठक : समानुपातिक सूची र अधिवेशनबारे परामर्श
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउनेसहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको हो ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
‘मुलुक निर्वाचनको महोत्सवमा’
उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ ।
स्वदेशमै सम्भावनाका प्रेरक
त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबीमा उत्कृष्ट (स्वर्ण पदक विजेता) भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो ।
अध्यागमन कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको आरोप
राष्ट्रिय सभाका सांसदहरूले अध्यागमन विभागका कर्मचारीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
केन्द्रीय महाधिवेशनको मिति तलमाथि हुँदैन : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउन प्रस्ताव गर्नुभएको छ ।
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवा, छजना पक्राउ
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सांस्कृतिक प्रस्तुतिका साथ तीन दिन तमू ल्होसार महोत्सव हुँदै
यो वर्षको तमू ल्होसार तीन दिनसम्म मनाइने भएको छ । पुस १३, १४ र १५ गते तीन दिन विविध सांस्कृतिक प्रस्तुतिका साथ तमू ल्होसार मनाउने आयोजकले जनाएको छ ।
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।